रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

पहिरोले कर्णाली राजमार्ग अबरूद्व ,सुर्खेत जुम्ला सडकखण्डको कालिकोट स्थित कालेखोलामा पहिरो

      पहिरोले कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्डको  कालिकोट स्थित कालेखोलामा पहिरोले सडक भासिए पछी राजमार्ग अवरुद्ध भएको छ । आईतबार बिहान सडक भासिए पछि सडक अवरुद्ध भएको हो ।

काले  खोलामा पहिरो गएर आईतवार  बिहानदेखि सडक अवरुद्ध भएकोले सुर्खेत जुम्ला राजमार्ग पुर्णरूपमा अबरूद्व भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताउनु भयो । ‘अहिले सडक खुलाउन नसकिने अवस्था रहेकाले सम्भाबित अध्ययनका लागी ,कालिकोट प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल ,डिएसपी रावत शहित सुरक्षा निकायको अनुगमन टोलि त्यस तर्फ  लागेको छ ।  पहिरो हटाएर यातायात सुचारु गर्न समय लाग्ने उहाको भनाई छ ।डिएसपी रावते सामान्य साईड कटिङ गरेर सानासवारी सम्म आवतजावत गर्न सकिने कुराका लागी पहल गर्न स्थलगत अध्ययनका लागी टोलि जान लागेको  बताउनु भयो ।सुख्खा पहिरोले सडक भासिएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !