कालिकोट/ पहिरोले अबरूद्व कर्णाली राजमार्ग चौथो दिन अझै खुल्न सकेको छैन। सुरक्षाकर्मीहरूले चार पटक विस्फोट गराएर ढुंगा फुटाउने प्रयास गरे पनि सफलता प्राप्त नभएको प्रहरीले बताएको छ ।
विस्फोटबाट ढुंगा नफुटेपछि सुरक्षानिकायको टोली असफल भई पुनः सदरमुकाम फर्किएको हो। राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प छ, जसले यात्रुहरूलाई ठूलो समस्या परेको छ।
नेपाली सेना, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालय लगायत सम्बन्धितनिकायहरूले दिनै भरी अवरोध हटाउने कार्यमा निरन्तर प्रयास गरिरहे पनि हालसम्म राजमार्ग सञ्चालनमा आउन नसकेकोप्रशासनले बताएको छ ।
आज दिउसो नेपाली सेनाद्वारा बिष्फोटक पदार्थ प्रयोग गरी ढुंगा फुटाउने प्रयास गर्दा समेत ढुंगा नफुटेकाले कार्य थप कठिनभएको छ । अविरल वर्षाका कारण निरन्तर लेदो र ढुंगा खसिरहेकाले काममा थप जटिलता आएको प्रहरीको भनाई छ ।तथापि, सम्बन्धित सबै निकायको निरन्तर प्रयास जारी रहेकोले सम्भवत बर्सातकम भए भोलिदेखि राजमार्ग सुचारु हुने अपेक्षागरिएको छ ।
निरन्तर बर्षा भईरहेको र त्यस कारण स्थिति झन जटिल हुन सक्ने भएकाले अत्यन्त आवश्यक बाहेक अन्य कामा यात्रुमहानुभावहरूलाई यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । जरुरी कारणवश यात्रा गर्नु परेमा मौसमको अवस्था र सडककोस्थितिबारे पूर्ण जानकारी लिएर प्रहरीसंगको समन्वयमा मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, कालीकोटको आधिकारीक पेज मार्फत सुचना जारी गर्दै अबरूद्व राजार्गमा ठुला ठुला ढुंगा खस्ने क्रम जारीरहेकाले अजै राजमार्ग खुलाउन समय लाग्ने बताईएको छ ।
दिनभर गृह तथा रक्षा मन्त्रालयको समन्वयमा चार पटकएउटै ढुंगामा बिस्पोट गराए पनि ढुंगा नफुटेकाले अबरोध यथावत रहेको हो ।
पहिरोले कर्णाली राजमार्ग ठप्प भए पछी बाटो खुलान कालिकोट प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल र प्रहरी प्रमुख डिएसपी टेक रावत सहित सुरक्षा निकायका प्रमुखहरू बिष्पोटक पदार्थ सहित गगने खोला पुगेका थियो। कर्णाली राजमार्गकोसुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका–१ गगने खोलामा गएको पहिरोले राजमार्ग ठप्प भएको छ ।
चार दिनअघि कर्णाली राजमार्गको कालेखोलामा भासिएको सडकमा ग्याबिन पर्खाल हालेर शनिबार दिउँसो सञ्चालनमा आएपनि शनिबार राति ९ बजे गगने खोलामा पुन: पहिरो गएर सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुररावतले बताउनु भयो । ‘रातिको पहिरोले गाडी सबै रोकिएका छन्। उहाका अनुसार गगनेखोलामा सधैं पहिरो झरिरहने र एकसय मिटर माथिबाट ठूलठूला ढुंगासहित पहिरो झरेकाले स्काभेटरले पन्छाउन नसके पछी ढुंगा फुटाउन बिष्पोटक पदार्थ सहित टोलि बाटो खुलाउन गगनेखोला पुगेको छ ।
वर्षा लागेसँगै कर्णाली राजमार्गको पहिरोले नागरिकलाई सास्ती भएको छ । तिन देखी सयौ सवारीसधान र मालवहाक ट्रक राजमार्गमा अलपत्र परेका छन ।
उता कर्णाली करिडोरको फुगाड खोलामा पानीको बहाव बढेपछि कर्णाली करिडोर पनि अवरुद्ध भएको छ । फुगाड खोलाकोबेलिब्रिज ३ वर्ष अघिको बाढीले बगाएपछि नयाँ पुल बनेको छैन । कर्णाली करिडोरको फुगाड खोला बढेपछि सडक अवरुद्धभएको हो। पहिरोले सडक अवरुद्ध भएपछि कालिकोट हुँदै सुर्खेत जाने गाडी बिभन्न ठाउँमा रोकिएका छन् ।यात्रुहरू समस्यामा परेका छन ।
सम्भवत बर्षा रोकिय आजै पहिरो पन्छाएर बाटो खुलाईने प्रहरीले बताएको छ । तर तिन पटक बिस्पोट गराउदा पनि ढुंगा नफुटे पछि आजलाई पनि बाटो खुल्ने सम्भावना टरेको पहिरो स्थलमा रहेका डिएसप टेक बहादुर रावतले बताउनु भयो ।