लगातारको वर्षाका कारण कालिकोटको नरहरीनाथ गाउपालिका वडा नं ६ माल्कोटमा रहेको सान्तिमाबि पहिरोले भवन भत्किए पछि गत भदौ ३ गते देखी पठनपाठन प्रभाबित भएको छ ।विद्यालयका तीन वटा भवनमा क्षति पुगे पछी भदौ तिन गते देखी बिद्यालय बन्द रहेको छ ।
नरहरिनाथ वाड नं ६ मा पर्ने शान्ति मा वि रातिमाटी माल्कोटमा भार्दौ ३ गतेको अबिरल बर्षाका कारण बिद्यालयको पछाडिबाट निरन्तर पहिरो खस्न थाले पछि बिद्यालयको दुई कोठ पक्की भवन पुर्ण रुपमा क्षेति पुगेको छ भने ५ कोठे कच्चि भवनपनि भत्केको छ ।लामोसमय सम्म पनि स्तानिय सरकारले कुनै पनि चासो नदेखाएको अबिभावकले गुनासो गरेका छन ।बिद्यार्थिको पठन पाठनमा समस्या भएको छ । पहिरो खसेको दुईहप्ता बितिसक्दा पनि आजसम्म पनि पहिरो नरोकिए पछिबिद्यालय बन्द गरिएको छ । यस बिषयमा समयमै सरोकारवालाको ध्यान जान जरूरी रहेको र बातावरण सहज गराउनसयोगको अपेक्षा गरेको बिब्यस अध्यक्ष दलबिर बटालाले जानकारिका दिनु भयो ॥