कालिकोट, रास्कोट — रास्कोट नगरपालिका–४ मा अवस्थित रमालमष्टो आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालयमा निशुल्क पोसाक वितरण गरिएको छ । पोसाक पाउँदा विद्यार्थीहरू खुसी भएका छन् ।
विद्यालयको वार्षिक कार्यक्रम अन्तग आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइसँगै समुदायको सहयोगमा , पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शुसिला बम शाहीले जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई पोसाक वितरण मा बाेल्दै विद्यालयलाई आवश्यक सहयोग गर्न स्थानीय तह र सरोकारवालालाई आग्रह समेत गर्नुभयो ।
वितरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम विद्यालय व्यवस्थापन समिति (वि.व.स) का अध्यक्ष टिकाराज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष दिनेश संज्याल, नेकपा माओवादी केन्द्र वडा नं. ४ का अध्यक्ष नवराज उपाध्याय, अभिभावक संघ अध्यक्ष खेमराज संज्याललगायत अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा विद्यालमा नगर शिक्षा समितिकाे निर्णाय अनुसार सरुवा भएर आउनु भएका शिक्षक खेमराज न्याैपानेलाई स्वागत समेत गरिएकाे थियाे।