टिकाराज उपाध्याय(आफन्त)
२०८२ कालिकोट । रास्कोट नगरपालिकाले विभिन्न कारणले नगरपालिकाबाहिर बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको सहजताको लागि विशेष नवीकरण तथा बायोमेट्रिक रुजु शिविर काठमाडौंमा रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही(पोषण)ज्यू द्वारा उद्घाटन
जस अन्तर्गत असहाय, अपांग, अशक्त, उपचारको क्रममा बाहिर तथा नगरपालिका कार्यालयमा प्रत्यक्ष उपस्थित हुन नसक्ने लाभग्राहीहरूका लागि शिविर संघिय राजधानी काठमाडौंमा रहेको हार्दिक होटल बागबजारमा आजदेखी सुरु गर्दै भदै १७ देखि २० गते सम्म सञ्चालन गरिने भएको छ।
नवीकरणका लागि लाभग्राहीहरूले सामाजिक सुरक्षा परिचयपत्र, राष्ट्रिय परिचयपत्र नम्बर वा आवेदन फाराम, एकल महिलाको हकमा श्रीमानको मृत्यु प्रमाणपत्र, अपांगताको हकमा अपांगता परिचयपत्र, र बालबालिकाको हकमा सामाजिक सुरक्षा परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
नवीकरण गर्न बाँकी रहेका सम्पूर्ण लाभग्राहीहरूले तोकिएको मितिमा आवश्यक कागजातसहित स्वयम् उपस्थित भई सेवा लिन सक्ने पञ्जिकरण शाखा प्रमुख हुकुम शाहीले बताउनु भएको छ।