रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटमा रेबिज संक्रमित कुकुरको त्रास , शुभकालिका ७ मा दर्जनबढी गाई गोरू र मान्छेलाई टोक्यो धन ब महत

      कालिकोटको शुभकालिका गाउँपालिका  वडा नं ७ मा  शोमबार बेलुका एउटै बहुलाहा कुकुरले दर्जन बढी स्थानियका गाई गोरू र मान्छेलाई टोकेर भागेको छ ।  शुभकालिकाको वडा नं ७मा पर्ने कोट गाउँमा बर्ष ६७ का मिम शाहीलाई टोकेको छ

त्यहाका वडा अध्यक्ष प्रेम शाही र वडा नं ७ का वडा सदस्य हरी प्रसाद जैसीका अनुसार शुभकालिका  गाउँपालिकाको  वडा नं ७मा पर्ने   सेरा टोल ,र पिपलखेत टोलमा बहुलाहा कुकुरले गाई गोरू र मानिसलाई समेत टोकेको खबर दिनु भएको छ । उहाँका अनुसार स्थानियका आदा दर्जन बढी गाई गोरू लाई टोकेको छ ।  सात वटा गाईबस्तु सेरा टोलमा र चार वटा पिपल खेत टोलमा टोकेको छ , ककुर नियन्त्रण आउन सकेको छैन । कुकुर अहिले पनि गाउमै रहेकाले स्थानियमा त्रास छाएको छ ।स्थानिय हरी प्रसाद जैसीको गाई लाई टोकेको छ भने सेरा गाउ र कालेगडामा टोलमा तिन गाई तिन गोरूलाई टोकेको छ । मोतिलाल जैसी को एउटा गाई र  दुई वटा  गोरू  र १ सानो बाछीलाई टोकेको खबर छ ।त्यस्तै कालेबाडामा धनबिरे कामिको गाईलाई टोकेको छ , शुभकालिका सातको कोटगाउतिर गएर बेलुका अवेर पनि एक जना मानिस र किसानका गाई गोरूलाई टोकेको छ । दुध दिने गाईहरू धेरै रहेकाले तत्काल कुकुर नियन्त्रण गर्नु पर्ने र गाईको दुध दहिबाट रोग सर्ने डरले स्थानियमा झन त्रास छाएको छ  । त्यस्तै कृष्ण प्रसाद उपाध्यायको दुई गाई, कालेकाडा टोलमा देउरामे कामिको गाईलाई पनि टोकेको छ ।  स्थानियले दिएको जानकारी लगतै हामीले पसु अस्पताल कालिकोटका प्रमुख धन बहादुर महतलाई फोन गरी यसका बिषमा बुझेका थियौ , दुध उमालेर खान मिल्ने उहाको सुझाव छ । जिल्लामा स्थानियतहहरू पनि यस्तो खतरानाख रेबिज संक्रमण जस्तो क्षेत्रमा भ्याक्सिन खरिद गर्ने र स्टोरेज गर्ने काम गर्दैनन अहिले जिल्लामा भयाक्सिन मात्रा कम छ उनले भने । हाल खाडाच्रक्र ११ मा पनि रेबिज देखिएको र त्यहाको पसुलाई नियमित दिईरहेको बताए ।तिलागुफा नगरपालिका ५ र ३ मा पनि देखिएको थियो। यता  यसे महिनामा महावैको वडा नं  ६ मा देखिएर १५० डोज त्यहा पठाईसकिएको बताए । खाडाचक्र११ बाट दुई बाख्रा र दुई कुकुर लाई नियमित भ्याक्सिन लगाई रहेको कार्यालय प्रमुख महतले बताए । अहिले स्टक भ्याक्सिन कम रहेको बताए ।१०/१२ डोज नियमितलाई मात्रै दिन मिल्ने छ । बरू तिन सय डोज थप  माग गरिएको छ । बिहानको जानकारी अनुसार नाईवाडा टोलमा कटक ब शाहीको गाई ,राज ब शाही को बाछो , र तिन गाई अन्यलाई टोकेको छ

जिल्ला यसरी रेबिज संक्रमित पसु बस्तु र मानिसको  संख्या बढीरहदा हाम्रा स्थानियतह भने यस्तो बिषयमा गैर जिम्मेवार देखिएका  छन । डिफ्रिज राखेर भयाक्सिन खरिद सम्म गर्ने ब्यवस्था गर्दैनन्।

गृह प्रशासनले पनि यस बिषयमा पहल कदमी लिनु पर्ने देखिन्छ भने कुकुर पालक किसानहरू पनि सचेत रहनु पर्ने देखिन्छ। कुकुरलाइ एन्टिरेबिज सुइ लगाउने र बाधेर राख्ने काम नगरे कुकुर पालेर छाडाछोड्ने ब्यक्तिलाई पहिचाहान खुले सम्म कार्वाही चल्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !