रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

जहाँ रास्कोटका नागरिक त्याहा नगर सरकार

२०८२ कालिकोट । रास्कोट नगरपालिकाले विभिन्न कारणले नगरपालिकाबाहिर बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको सहजताको लागि विशेष नवीकरण तथा बायोमेट्रिक रुजु शिविर सुर्खेतमा रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही(पोषण)ज्यू द्वारा उद्धघाटन गरिएको छ।

जस अन्तर्गत असहाय, अपांग, अशक्त, उपचारको क्रममा बाहिर तथा नगरपालिका कार्यालयमा प्रत्यक्ष उपस्थित हुन नसक्ने लाभग्राहीहरूका लागि शिविर प्रदेश राजधानी सुर्खेतमा रहेको शुभ होटल आजदेखी सुरु गर्दै भदै १९ देखि २३ गते सम्म सञ्चालन गरिने भएको छ।

नवीकरणका लागि लाभग्राहीहरूले सामाजिक सुरक्षा परिचयपत्र, राष्ट्रिय परिचयपत्र नम्बर वा आवेदन फाराम, एकल महिलाको हकमा श्रीमानको मृत्यु प्रमाणपत्र, अपांगताको हकमा अपांगता परिचयपत्र, र बालबालिकाको हकमा सामाजिक सुरक्षा परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।

नवीकरण गर्न बाँकी रहेका सम्पूर्ण लाभग्राहीहरूले तोकिएको मितिमा आवश्यक कागजातसहित स्वयम् उपस्थित भई सेवा लिन सक्ने रास्कोट नगरपालिकामा कार्यरथ सहायक कम्प्युटर अपरेटर तपेन्द्र शाहीले बताउनु भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !