कालिकोट रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले आफ्नो सचिवालय मार्फत एक कडा, भावुक र गम्भिर स्टाटस लेखेका छन्। यदी उनले लेखेको स्टाटस सहि हो भने पत्रकारहरू सचिन र सुधारिन जरूरी छ भने सम्बद्व पत्रकारिता जगतकै गम्भिर ध्यान केन्द्रित हुन जरूरी पनि छ । मेयर शाहीले बुधबार रास्कोट मेयर सचिवालयनामको सामाजिक सन्जाल मार्फत स्टाटस लेखेर धारणा सार्वजनिक गरेका छन । केहि दिन यता रास्कोट सरकारको मात्र नभई सरकारको नेतृत्व समालिरहेका जनप्रतिनिधि प्रति ब्यक्तिगत जिवनमा आचआउने खालका स्टाटस लेख्ने गरेको प्रति उनले कडा प्रहार गरेका छन्। मेयर शाहीले दर्जनौ जनमुखी कामहरू प्रति पुर्वाग्रही तरिकाले लुकाएर बिषयबस्तुलाई तोडमोड गर्ने बिषय सैह्य नहुने बताएका छन्। मेयर शाहीले यस अघि एक सार्वजनिक कार्यक्रममा कालिकोटका पत्रकारहरूले बिलभुक्तानि नगरेकै भरमा आफुसंग नियु खोजेको र त्यो बिषय शैय नहुने भने पछि पत्रकारहरूले सर्वजनिक रूपमा धम्काएको भन्दै बिरोध गरेका थिय । पछि निकै लामो समय रास्कोट नगर सरकार र केही पत्रकार बिच सित युद्व चलेको थियो । बिस्तारै सेलउदै गएको पत्रकार रास्कोट सरकार जुहरी पुन सामाजिक सन्जालमा सुरू भएको छ । मेयर शाहीको सचिवायले लेखेको स्टाटस जस्ताको तस्तै : विकास र समृध्दिको यात्रामा ! रास्कोटनगरपालिकाले दर्जनौ जनमुखी,सेवा प्रवाहको काम गर्दै आएको छ । फेरी पनि Gen-Z आन्दोलनले पछि परेको इलाकाप्रशासन (#नागरिकता वितरण ) जस्तो राष्ट्रियता संग जोडिएको एक ऐतिहासिक र जनताको घरघर, प्रत्येक नागरिक संगजोडिएको नागरिकता वितरणको काम पनि अब छिट्टै संचालनमा आउदै छ । नगरपालिकाको R.C.P वजार व्यवस्थापन रमिनि मार्केट निर्माण गरि आन्तरिक राजस्व १ करोड २७ लाख वनाउदै,सेवाहरु नुन,चामल, विधुत महसुल काउन्टर, घरबिमा, झण्डै २०००/२२०० घरपरिवार लाई खानेपानी, वृहत सिंचाई कुला हरु क्रमागत निमार्णाधीन, प्रादेशिक रणनैतिक अस्पताल, सरकारी विधालयमा अंग्रेजी माध्यम पठनपाठन, घरघर सा.सु ( वृद्धभत्ता ) वितरण र वाणिज्य वैंक सेवा प्रवाह, टोल–टोलमासडकको पहुँच जस्ता प्रत्यक्ष जनतासंग सरोकार राख्ने काम र साच्चिकै सिंहदरवारको अधिकार गाँउघरमा अनुभुति दिलाउदैकाम गरिरहेको कुरा घाम झै छर्लङ्ग छ । तर पनि केही काम नपाएका, अझ टेण्डरको सुचना समेत नपाएको झोकमा वाङगोकलम चलाउने र पटक पटक जनताले पछारेका जनतालाई भर्याङ बनाएर स्तररिकरण भएका साथीहरुको छटपटी देखिरहेकोछ । कहिल्यै जातको कुरा, कहिल्यै साविकको गा.वि.स को कुरा र क्षेत्रियको विषय उठाएर जनतालाई भ्रमजालमा पार्ने कामभैरहेको छ । सडक पहिलो सरकारले रे …DPR पहिलेको आदी इत्यादि ! के कस्तो, कसको प्रयोजनमा भन्ने कुरा छदैछ ! खयर भएपनि हेक्का रहोस पहिलो सरकार पनि व्यवस्था परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्नुहुने महान शहिदपरिवार, घाइते अपाङ्ग र तमाम माओवादी आस्थावान होनहार नेता,कार्यकर्ता र शुभचिन्तकले मतदान गरेर बनेको हो । कोहीदलाल, विचौलिया, अवसरवादी र अरु पार्टीले वनाई दिएको हैन …? अघिल्लो सरकार भनेर पृथक बनाई माओवादी विचारआन्दोलन लाई कमजोर वनाउने प्रयास नगर ! सन्दर्भ सडक संजालको तपाईंलाई हेक्का होला नारायणगड मुग्लिन सडकखण्ड कति वर्ष भयो संचालनमा आएको र पटक पटक अवरोध भइराखेको, हाल वुटवल नारायणगड सडक दाउन्ने को हालतत्यस्तै विपि राजमार्ग काठमाडौं – बर्दिवास जस्ता सडक खण्डहरु त्यस्तै अरु पनि ! रास्कोटमा हिजो २०७४ –देखि सुरु भएकासडकहरुमा हिलो, धुलो, अवरोध र कतै गाडि नगुडनु विकास नभएको देख्ने तपाईं हरुका आखाँको अप्रेशन गरेर हेर्नुहोसकमसेकम १ कि.मि त रास्कोटमा कालोपत्रे भएको छ । जिल्लामा अन्य ८ वटा स्थानिय तहहरुमा पनि कतै कालोपत्रे भएको छकि …? महोदय , तपाईंहरुलाई सरकारले कुनै सुचना र फेसवुके अनलाइन पत्रिकाको विल नदिदैमा समाचार वनाउने ! एकहप्ता सम्म लगातार Messenger, WhatsApp मा सुचना र काम माग्ने अनि नपाए समाचार वनाउने यो मगन्ते मानसिकता लेकहिले सम्म दैनिकी चल्ला …? हुदाँ हुदाँ शतिसाल जस्तो उभिएको एक जना शहिद परिवारको समेत न्युज वन्छ र राजनीतिकपार्टी हरु खिसिटिउरी गर्छन ! आउनुहोस नगरपालिकामा विकासको लागि साझा वहस गरौ ! मिलेका कामको बढवा दिँउनमलिकेका कामलाई आलोचना मार्फत रुपान्तरण गरौ । हैन भने एक जना शिक्षक सुरुवामा विरोध प्रदर्शन, एक जनास्वास्थ्यकर्मीमा सरुवामा घटिया राजनीति, काज सुरुवा र संविधान प्रदत्त अधिकार नगर प्रहरी गठनमा अदालत यो गैरप्रतिश्पर्धाको राजनीतिकले कहाँ पुगिन्छ । ख्याल गरौ जनताले मान्छे चिनेरै मतदान गरेका छन ! अझँ पनि पापी,अवसरवादी, पदलोलुप, व्यक्तिगत स्वार्थका पार्टी परित्याग गर्ने र गुटको नेतृत्व गर्ने मान्छेलाई चिन्ने र जनताले छान्ने दिन आउदैछन ! त्यहीभएर जनता वाट निर्वाचित हुनुहोस अनि हमी संग दाजिनुहोस हैन भने मापसे गरेर फेसवुक Live,Status र नाङ्गो गालीगलोजको राजनीतिक गरेर नेता हुने भए काठमाडौंको मेयर मुकुन्द्रे उहिल्यै भइसक्थे ! त्यही भएर सच्चिनुहोस, चिनिनुहोस नत्रजनताले चिनाएकै छन र चिनाउने पनि छन !










