कालिकोट / कर्णाली पहिलो स्थायी शिक्षक पृथ्वी बहादुर बमको ८४ वर्ष पूजा उहाँको पुर्खेउली घर कालिकोटको रास्कोट नगरपालिका वडा नं ५ रानागाउँमा शनिबार सम्पन्न भएको छ । उहाँको पूजामा उहाँका सन्ततिहरूले उहाँले सुरुमा अध्यापन गराएको स्कुल रास्कोटको मोतिराम माध्यमिक विद्यालय जेहन्दार बालबलिकालाई ब्याजबाट वार्षिक छात्रबृति दिने गरी २ लाख ५५ रूपैयाको अक्षय कोष घोषणा गरिएको छ । राणाकालिन ब्यवस्थामा राईटर ,प्रधान ,उपप्रधान र मुखिया जस्ता राजकाजका पदहरू हुन्थे सोहीबेला राईटर परिवारमा जन्मेका पृथ्वी बम एक इमान्दार कर्तब्यनिष्ठ एक कुशल समाजसेबि बुद्विजिवी हुन् । तर तत्कालिन राणाकालमा २०९९ सालमा राईटर परिवारमा जन्मेर शिक्षक पेसामा गुरूकुल विद्या आर्जन गरी बझाङ पुगेर कक्षा ७ मा अध्ययन गरेरको बमले ८४ पूजामा पुगेका आफन्तलाई अनुभव सुनाउनु भयो ।काठमाण्डौंको जुद्वदय हाइस्कुलमा एसएल्सि पास गरी फर्के पछि कालिकोटको पहिलो स्कुल साबिकको स्युना गाबिसको सिमसेरामा अध्यापन गराउनु भएको बताउनु हुन्छ । कर्णाली जस्तो क्षेत्रमा गुरूकुल शिक्षाका शिक्षक भएर गरिबका छोरा छोरी शिक्षित बनाउने पेशा रोजेका पृथ्वी बहादुर बम एक ईमान्दार र कर्तब्यनिष्ट शिक्षकका रूपमा चिनिन्छन् । २०९९ साल असोज ७ गते बुवा मनरूप बमआमा उज्जला बम का जेष्ठ छोराकारूपमा जन्मेका पृथ्वी बहादुर बमले प्रारम्भिक शिक्षा हाल रास्कोट अस्पतालमा रहको गौतु स्थित एक चौतारमा गर्नु भएको हो । सान्नि रास्कोटबाट कर्र्णालीकै पहिलो स्थायी शिक्षक बम घरवाट लुकेर बझाकोभोपुरमा दुइ बर्ष अध्यन गरे पछि ७ कक्षा पास गरेका थिय । त्यस पछि काठमाण्डौको जुद्वदय पप्लिक हाईस्कुलमा एस एल सी पास गर्नु भएको स्मरण सुनाउनु भयो । बम २०२४ सालमा सिमसेरामा अस्थायी शिक्षक भई दुई महिना अध्यापन गराउनु भयो । मासिक ३० रूपैयामा अध्यापन गराउनु भएको स्मरण सुनाउनु भयो । त्यस पछि कालिकोटको सिफ्खाना स्थित मोतिराम प्राबिमा ५० रूपैया तलव सुबिधा लिएर स्थायी हुन भएका बम । मोतिराममा ३६ सालमा स्थायी शिक्षक हुनु भएका बम मिलनसार स्वभावको हुनुहुन्छ । सानै देखि अरूको दवदवा सहन नसक्ने र बिद्रोह गरिहाल्ने स्वाभावका पृथ्वी बहादुर बम, पुन आफ्नै गाउँ कालसिल्ला सिरूपाटा प्राबिमा प्रधानाध्यापकका रूपमा सरूवा भइ आउनु भयो त्यहा स्थानिय बिद्यालय ब्यवस्थापन समितिसंग विवाद हुदा जागिर राजिनामा दिएर कृषि र ब्यपारतिर लाग्नु भएका बम आफू पनि सानै उमेर देखी ब्यवारि हुनुहुन्छ । तत्कालिन राजनितिक ब्यवस्थाका पञ्चहरूसंग कुरा नमिले पछि राजिनामा गरेर जागिरबाट हात धोएका बमका तिन छोरा ५ छोरीरहेका छन ।
२४ साल देखि ब्यपार गर्दै आउनु भएका बम स्थानियले मास्टरसाव भनेर अहिले पनि सम्बोधन गर्ने गर्छन । उहाँको चौरासी पूजामा आज राना गाउँ, रास्कोटमा सम्पन्न भएको छ । छोराहरू हिक्मत बम , मानव बम , भोपेन्द्र बम सहित पाच छोरी रहेका छन्। चर्चित निर्माण ब्यवसायी मानव बम कर्णाली प्रदेश निर्माण ब्यवशायीसंघका महासचिव र एमाले कर्णाली प्रदेश कमिटीका सदस्य हुन ।

पृथ्वी बमको चौरासीपूजामा सहभागी हुन सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल , प्रहरी प्रमुख डिएसपी हिम खत्री ,सशस्त्र प्रहरी एपिएफका डिएस्पी दिपक चन्द राष्ट्रिय अनुसन्धान अधिकृत ठाकुर केसी सहितको टोलि रास्कोट पुगेको थियो । चौरासी पूजामा कालिकोटकै १ दर्जन देउडा गाएक र बाजुराबाट देउडा गायीका बिपना भण्डरीको देउडा दोहोरी समेत प्रदशन गरिएको थियो । चौरासी पुजामा सहभागी हुन जिल्लाभरबाट जनप्रतिनिधि र रास्कोट बासि हजारौं आफन्तजनहरूले दर्शन भेट गरेका छन् ।











