रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोट फुकोटका एक युवक मृत फेल

         रास्कोट नगरपालिका वडा नं ९  चुर्त्रिकोटका २५ बर्षिया एक युवक शोमबार बिहानै मृत फेला परेका छन । रास्कोट नगरपालिका वडा नं ९ का  नन्दलाल न्यौपानेका छोरा २५ बर्षिया भोजराज न्यौपाने घरनजिकै बयालडाडा स्थित ग्रामिणसडक छेउमा मृत फेला परेको मृतक न्यौपानेका भतिजा तोयानाथ न्यौपानेले बताउनु भयो ।  लालुलैफु सडकको छेउमा उनको घर छ  दिनभरी गाउका पसलहरूमा देखिएका मृतक न्यौपाने साँझपख  करिव ८ बजेको समयमा आफन्त गोकर्ण न्यौपानेको घरमा मकै खाएर आफ्नो घर जान्छु भनि हिडेका  थिय । न्यौपाने बिहान घर भन्दा  ३० मिटर नजिकै  सडकमा मृत भेटिनु घटना रहस्यमय देखिएको भन्दै परिवारजनले आसंङका ब्यक्त गरेका छन  । अघिल्लो वर्ष बैदेशिक रोजगारवाट फर्किएका न्यौपाने  आईतवार दिनमा  बालुखेतका पसलहरूमा र साझ घरनजिकैका  पसलमा देखिएका थिय । पछि साझ पख  गोकण न्यौपानेको घरमा बसेर मकै खाए पछि घर जानु पर्नेमा एकान्त ठाउमा कसरी पुगे त्यो अनुसन्धान गरिनु पर्ने आफन्तको माग छ । ग्रामिण  क्षेत्रमा अनियन्त्रित मदिराको बेचबिखन र सेवनले प्राय यस्ता घटनाहरू निम्तिने गरेका छन ।  अहिले फुकोट प्रहरी चौकिवाट प्रहरी घटनास्थल पुगेको  छ । सव उठाएर रास्कोट स्थिति प्रादेशिक रणनितिक अस्पताल गौतु लिने तयारी भैरहेको छ । अस्पतालमा सब पोष्टमाटम गरिने र घटनाको थप अनुसन्धान हुने प्रहरीले आफुलाई भनेको मृतक न्यौपानेका भतिजा तोयानाथ न्यौपाने ( गौरवलेले रेडियो प्रदेश आवाजलाई जानकारि दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !