रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले ग्रामीण स्वास्थ्य र शिक्षामा लगानि गर्दै

      वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा र स्वास्थ्यमा सेवामा लगानि गर्न थालेको छ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जाकोलागि सोलार प्यानल औषधि भण्डारणका लागि डीपफ्रिज जडान गरी हस्तान्तरण कार्यक्रम मार्फत गरिएको छ ।

कार्तिक २४ गते   नानिकोट स्वास्थ्यचौकै परिसरमा सम्पन्न कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको तर्फबाटसामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालान , स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथासरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नानीकोट स्वास्थ्यचौकीमा विगतमा गुणस्तरीय फ्रिजको अभावका कारण औषधि भण्डारणमा समस्या नियमित विद्युत्आपूर्तिको कमीले स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ हुँदै आएको गुनासो आए पछी सो समस्याको दीर्घकालीन समाधानकालागि वर्ल्डलिंकले किलोवाट क्षमताको सौर्य प्रणालीसहित फ्रिज जडान गरी हस्तान्तरण गरेको हो।

कार्यक्रममा बोल्दै निर्देशक अनुपा भण्डारी जालान ले वर्ल्डलिंकले देशका विभिन्न ठाउँहरूमा समुदायमुखी सामाजिकउत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै, ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्धरहेको बताउनुभयो।

यसै क्रममा, सोही वडा अन्तर्गत रहेको श्री पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई वर्ल्डलिंककोसामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत लोकोपकारको सहकार्यमा भदौ महिनादेखि अनलाइन स्मार्ट बोर्डको माध्यमबाटअङ्ग्रेजी भाषा सिकाइ कक्षा सञ्चालन भइरहेको छ।

कम्पनीकी निर्देशक अनुपा भण्डारी जालान ले विद्यालयमा पुगेर उक्त कक्षाको स्थलगत अवलोकन (सर्भेक्षण) गर्दैविद्यार्थीहरूको सिकाइ प्रगति डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिनुभएको थियो।

उहाँका अनुसार, वर्ल्डलिंकले केवल प्रविधि पूर्वाधार क्षेत्रमा मात्र होइन, शिक्षा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा समेतआफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर योगदान दिँदै आइरहेको बताउनुभयो।

त्यस अवसरमा, विद्यार्थीहरूको प्रोत्सहान का लागि वर्ल्डलिंकको तर्फबाट सहभागि विद्यार्थीहरूलाई प्रमाणपत्र पनि वितरणगरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !