सान्नित्रिवेणी गाउँपालिकाका जेनजी युवाले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सोमबार एक ज्ञापनपत्र बुझाएका छन्। गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका मुख्यमन्त्री कँडेललाई गाउँपालिकाको विकास, सेवा सुविधा र स्थानीय समस्याको समाधानका लागि तत्काल कदम चाल्न माग गर्दै उक्त ज्ञापनपत्र मुख्यमन्त्री कँडेललाई बुझाएका छन ।
ज्ञापनपत्रमा भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य सेवा सुधार, सडक स्तरोन्नति, खानेपानी विस्तार, कृषि सहुलियत, तथा प्रशासनिक सेवामा सहजता जस्ता मुद्दाहरू प्राथमिकताका रूपमा उल्लेख गरिएको ज्ञापनपत्र कार्यक्रममै जेनजी शुनिल शाही ,मिन बोगटी बिशाल शाहि र नहकुल शाहीले हस्ताक्षर गरेर बुझाएका हुन ।
गाउँपालिकाका प्रतिनिधिहरूले पछिल्ला वर्षहरूमा आवश्यक पूर्वाधार अभाव र बजेट कमीका कारण धेरै योजना रोकिएको बताउँदै प्रदेश सरकारको विशेष ध्यान आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
मुख्यमन्त्री कँडेलले ज्ञापनपत्र बुझेपछि उठाइएका मागप्रति सकारात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गरेर प्राथमिकताका विषयमा आवश्यक निर्णय लिने आश्वासन दिएका छन्।
अव देखी पालिकाका प्रशासनिक कामकाज आफ्नै भवनबाट सन्चालन हुने छन । केही वर्ष क्याम्पसको भवनवाट र केही वर्ष सानो भवनवाट सबै जनतालाई सेवासुविधा दिँदा असहज भएको थियो शोमवार गापा अध्यक्ष मोहन केसीको अध्यक्षयतामा नयाँ भवनको एक समारोहका बिच उद्घाटन गरिएको हो । भवन बनेपछि काममा सहज भएको पालिका अध्यक्ष मोहन बहादुर केसीले बताए । नवनिर्मित पालिका प्रशासनिक भवनको उद्घाटन गर्न कालिकोटको सान्नित्रिवेणी पुगेका नेकपा एमालेका नेता कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कँडेलले भवनको उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा पालिकालाई जग्गादान गर्ने स्थानिय र निर्माण गर्ने कम्पनिका प्रतिनिधि कनक शाहीलाई सम्मानपत्र हस्तान्त्रण गरिएको छ । भवन उद्घाटनसंगै नयाँ प्रशासनिक भवनवाट सेवा दिन सुरू गरिने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेम बढुवालले बताए ।
दलबिहन ब्यवस्था बिस्वमा कहि नहुने भन्दै जनजीका माग पनि दलिय ब्यवस्था सहितको लोकतन्त्रमा मात्रै पुरा हुने बताएका छन । कालिकोटका सुरक्षा प्रमुख सहित कडा सुरक्षा ब्यवस्थाका साथ सान्नित्रिवेणी पुगेका मुख्यमन्त्री कँडेलले सुरक्षाप्रमुख तर्फ इगित गर्दै वर्तमान गृहमन्त्रीले अपराधीको संरक्षण गर्ने गरी परिपत्र गरिरहेकाले सचेत रहन आग्रह गरेका छन । उनले त्यसमा सहमत हुन नसकिने बताएका छन्। पालिका भवन उद्घाटन गर्न पुगेका एमलाल कँडेलले भवन उद्घाटन समारोहमा भदौ २३र २४ को जेनजी आन्दोलन परिवर्तनको आन्दोलन नभई ध्वङसात्मक गतिबिधि भएको उल्लेख गर्दै आफनो बढी समय जेनजी आलोचनामै खर्चेका छन । बर्तमान संघिय सरकार कानुनबाहीर वाट बनेको सरकार भन्दै देशको बढ्दो असुरक्षाको जिम्मा पाएको गृह प्रशासन कानुन अनुसार चल्नु पर्ने मुख्यमन्त्री कँडेलले बताए ।

मुख्यमन्त्री कँडेलले पालिका भवन उद्घाटनमा ल्याउने बिषयमा बिरोध जनाए पछि तरङगित बिषयमा समेत उनले सम्बोधनका क्रममा बिकास ,शुसासन र सम्बृद्वी सबैको चाहना भए पनि साधानस्रोत समितितता हेर्दै अघि बढ्ने बताए । आईतवारनै केही जेनजी शमुहका युवाहरूले एमलालको उपस्थितिमा तामझामका साथ पालिका भवन उद्घाटन गर्ने कुरा गलत भएको भन्दै ज्ञापन पत्र बुझाएकाले आयोजक र प्रशासनिक निकायको पहलमा जेनजी युवा शुनिल शाहीले ज्ञापन पत्र बुझाउदै बन्द रहेको पालिका अस्पताल र शिक्षा ,स्वास्थ्य र सडक पुर्वाधारको बिकास हुन नसकेकोमा ध्यान केन्द्रित गराए । कार्यक्रममा जेनजीको चेतावनीपुर्ण अभिब्यक्ति प्रति मुख्यमन्त्री कँडेलले धम्किले देश नचल्ने र नडराउने बताए ।
गृहमन्त्रीले प्रतिशोधको राजनीति गरेको र अपराधीको पक्षमा उभिएकाले सुरक्षा निकायलाइ सान्तिसुरक्षा कायम गर्न कठिन भएको बताए । ‘
योजना माग्ने परिपार्टी फेरेकाले पालिकाले बुझाएको मागपत्रमा उनले यता फाईल आफुलाई बुझाए पनि मंसिरभित्र बिषयगत कार्यालय मार्फत योजना सिफारीस गरि पठाउन सुझाव दिएका छन ।
१५ दिन अगाडी पालिका अध्यक्षले निमन्त्रणा गरेर आफुलाई भवन उद्घाटनमा आउन भने पछिआफु कालिकोट आएको र बिचवाटोमा पुगे पछी जेनजीको मागको समाचारले तरङगित बनाएको बताए ।










