कालिकोट — कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडकखण्डको पचालझना ७ घाटाचौर क्षेत्रमा एक जना नेपाली सेनाले सडक निर्माण गरिरहेको क्षेत्रमा काम गरिरहेका कामदार आइतबार पहिरोमा पुरीएका छन । १ जना कामदार सुख्खा पहिरोमा पुरीएका निर्माण ब्यवसायी शिवराज बोगटीले बताए । गत वर्ष सडक खनेको क्षेत्रमा खसेको पहिरोमा परी एक कामदार पुरीएको बताइएको छ। दिउसो करिब १ बजे डेरावाट निर्माण स्थलमा तेल बोकेर हिडिरहेका कामदार बोहोरा उक्त क्षेत्रमा अचानक पहिरो खस्दा पुरिएका हुन । सडक विस्तारका लागि काम गरिरहेका पचालझरना ७ का अन्दाजी वर्ष ३२ का पृथ्थिबी बोहोरा रहेको जानकारीमा आएको छ ।
घटनापछि थिर्पु प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार कार्य सुरु गरेका छन । डोजरले पहिरो पन्छाएर पुरिएका कामदारलाई निकाल्ने प्रयास गरिएको भए पनि पहिरो खस्नेक्रम नरोकिएकाले उनको उद्वार हुन नसकेको नेपालि सेनबाट काम लिएका निर्माण ब्यवसायी शिवराज बोगटीले रेडियो प्रदेश आवाजलाइ जानकारी दिएका छन ।










