कालिकोट / जिल्लामा खाद्य स्वच्छता तथा गुणस्तरका विषयमा जागरूकता बढाउने उद्देश्यले गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम कालिकोटमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, व्यवसायी, उपभोक्ता अधिकारसंबन्धी संघ–संस्थाका सदस्य, स्वास्थ्यकर्मी तथा खाद्य ब्यवस्था तथा ब्यपार कम्पनी र जिल्ला बजार अनुगमन समितका प्रतिनिधिहरूकोसहभागिता रहेको थियो ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले बजारमा पाइने खाद्य सामग्रीको गुणस्तर, म्याद व्यवस्थापन, भण्डारण प्रणाली, स्वच्छता मापदण्ड, तथा अनुगमनको प्रभावकारिताबारे विस्तृत छलफल गरेका थिए। बोल्नेहरूले खाद्यजन्य रोग फैलिन नदिन उत्पादनदेखि उपभोगसम्मका सबै चरणमा सावधानी आवश्यक पर्नेमा जोड दिदै २०८१ मा जारी भएको उपभोक्ताहक संरक्षण ऐनका बारेमा जानकारी गराईएको थियो ।
खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्रमुख प्रक्षा न्यौपानेले विशेषज्ञहरूले उपभोक्तालाई सुरक्षित खाद्य उपलब्ध गराउन व्यापारी तथा सेवा प्रदायकहरूले अपनाउनुपर्ने स्वच्छता अभ्यास र कानुनी प्रावधानबारे जानकारी दिनु पर्ने बताउनु भयो । साथै, नियमित बजार अनुगमन, सचेतना कार्यक्रम विस्तार र म्याद गुज्रिएको वस्तु बिक्री गर्ने व्यवसायीमाथि कडा कारबाही गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले खाद्य सुरक्षासँग सम्बन्धित समस्याहरू पहिचान गर्न तथा समाधानका उपायहरू तय गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाको भनाइ थियो । कार्य्रममा उद्योगी ब्यवसायीका तर्फवाट उद्योग बाणिज्य संघका अध्यक्ष रतन ब शाहिले एउटै ब्यपारीलाई एउटै राज्यमा १० ठाउमा दर्ता गर्न र कर तिर्न लगाउने का भएको बताउनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा , भानुप्रभात पाण्डे ,
खाद्य तथा ब्यपार कम्पनि कालिकोटका प्रमुख निर्मल बिष्ट लगाएतले शुझाव राखेका थिए ।










