कालिकोट / मंसिर २७ देखि २९ सम्म काठमाण्डौमा हुने नेकपा एमालेको ११ ओै महाधिवेसनका लागी एमाले कालीकोटले जिल्लाबाट महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ। सुरूमा निर्वाचन कार्यतालिका अनुसार दरखास्त आवाहान गरेको निर्वाचन समितिले पार्टीको निर्देशनमा सर्वसम्वत पहल गरेको थियो । बिधान अनुसार दरखास्त दिएका तर सर्वसम्वतमा नपरी चयन प्रक्रियामा केही पुराना तथा सिनियर नेताहरू छुटेको भन्दै चरम असन्तुष्टि देखिएको छ।
एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ । जसमा एमाले उपाध्यक्ष ईश्वर पोखरेल रवर्तमान अध्यक्ष केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने चर्चा छ । कर्णालीमा यसको सामान्य प्रभाव पर्न सक्ने नेताहरू बताउँदै आए पनि तिन दिनको लामोसहमतिको प्रयास पछी कालिकोटले सहमतिमै महाधिवेसन प्रतिनिधि छनोट गरेको दाबि गरेको छ ।यता असन्तुष्टपक्षले भने सहमति जुट्न नसकेपछी बलजफति प्रतिनिधि सार्वजनिक गरिएको केपी ओलि निकट मानिएका युवासंघका स्थायी कमिटी सदस्य वकिल बमले बताउनु भयो ।
पुर्व राष्टपति बिद्या भट्टराइ पक्षधरवाट अध्यक्ष उमेदार चर्चामा रहेका उपाध्यक्ष ईश्वर प्रोख्रेल पक्षधर कमजोर भएको चर्चा चलिरहेका बेला जिल्लावाट ईश्वर पोख्रेल पक्षधर र पुर्व माओवादी पक्षधरनै हाबि देखिएको बमको आरोप छ ।
चुनिएका प्रतिनिधिहरू
सर्वसम्वत चुनिएका प्रतिनिधिहरूमा यसपटक ईश्वर पक्षधर भन्दा ओली पक्षधरहरूको प्रभाव कम देखिएको दावि ओली पक्षधरकै मानिएका बमले आरोप लगाए । यता जिल्ला ईन्चार्ज नगेन्द्र शाहीले पार्टीको महाधिवेसनमा स्वच्छ प्रतिपर्दा हुने हुदा छनोट भएका प्रतिनिधिले स्वबिवेकि मताधिकारको प्रयोग गर्ने र चुन्ने चुनिने अधिकार भएकाले अहिलेनै पक्ष बिपक्ष नहुने बताउनु भयो ।
चयन भएका नेताहरू
कर्णाली प्रदेशका पुर्व कृषी मन्त्री समाजवादीबाट फर्किएका नेता कुर्मराज शाही हुन । लामो समय राजधानिको अखिल राजनितिमा कमाण्ड समालेका आरआरका स्वबियु सभापति समेत भइसकेका तपेन्द्र शाही जेन्जी आन्दोलनका बेला ओली सरकारका कडा आलोचकका रूपमा देखिएका थिय । उनि पनि युवाको प्रतिनिधित्व गर्दै प्रतिनिधि चयन भएका छन । माओवादीबाट एमाले भएका नेतृ जलसा बुढा महिलाको प्रतिनिधित्व गर्दै महाधिवेसन परतिनिधि भएका छन ।
जिल्ला अध्यक्षका प्रत्यासि उमेदार मदन भण्डारी फाउण्डेशन पुर्व अध्यक्ष दयाराम सिम्खाडा पनि प्रतिनिधिमा चुनिएका हुन । उनि गएको जिल्ला अधिवेसमा अध्यक्षमा पराजित भए पछि जिम्मेवारि बिहिन जस्तो भएका थिय ।
त्यस्तै पुर्व माओवादी बाट एमालेमा पुगेका प्रविन बोगटी ,ब्यासी तिरुवा महाधिवेसन प्रतिनिधि चुनियका छन ।प्रतिनिधि छनोट सर्वसम्वत बनाउन गठित समितिका सदस्यहरू यो निर्णया पुग्नु र को कुन पक्षधर भनेर नखुल्नुलाइ रहस्यमय बिषय भन्दै ओलि निकट मानियका वकिल बमले प्रतिनिधि छनोट प्रक्रिया अस्वीकार गर्ने बताए । पुर्ववर्ति एमालेको आन्तरिक राजनितिकको सवालले हेर्दा कालिकोटबाट चुनिएका प्रतिनिधि ओली भन्दा ईश्वर पक्षधर बढी देखिन्छन । यसरी हेर्दा प्रतिनिधि छनोटको जिम्मा पाएका जिल्ला ईन्चार्ज , अर्का नेता कुर्मराज शाहि र केन्द्रिय सदस्यहरू दक्षिणा शाही र इन्दीरा सन्ज्यालका बिचमा आन्तरीक समहति कसरी जुट्यो भन्नेमा श्रोतले फरक दाबि रहेको छ । टिम जो जुन वाट लडे पनि जिल्लावाट फरक फरक कलष्टरबाट उमेदार बन्ने र जिल्लाको नेतृत्व बिकासका लागी महाधिवेसनमा एकै ठाउमा उभिने भए किन टिम बिटिम गर्ने भनेर बिगत जस्तो को कस्को टिम भनेर चर्चा नै नभएको निर्वाचन समितका सदस्य पत्रकार कालि ब मल्लले बताउनु भयो ।
छुटेका नेताहरूको चरम असन्तुष्टि

यसपटक प्रतिनिधि सूचिबाट केही अनुभवी तथा प्रभावशाली नेताहरू छुटे पछी जिल्ला ईन्चार्ज नगेन्द्र शाही प्रति तिब्र आक्रोस देखिएको छ । एमाले संस्थापक मानिएका पुराना र त्यागी नेता छुटेर समाजवादी र माओवादीवाट एमालेमा पुगेकाहरूको महाधिवेसनमा प्रतिनिधि पठाईएकाले पार्टी गलत दिसामा पुग्ने बमले बताए । प्रदेश कमिटी सचिवालय सदस्य रमेश शाही, पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश कमिटी सदस्य जसी पाण्डे प्रदेश कमिटी सदस्य पार्वती सिंह ,प्रदेश कमिटी सदस्य कमल कुमार शाही , सीता शाही , प्रदेश कमिटी सदस्य मानव बम , राष्ट्रिय युवासंघ स्थायी कमिटी सदस्य वकिल बम , जिल्ला सचिव पुष्पराज आचार्य , जिल्ला पार्टी उपसचिव पवित्रा शाही – पार्टी उपसचि ,तारा शाही ,पार्टी पुर्व प्रदेश कमिटी सदस्य ,भरत धिताल , प्रदेश कमिटी सदस्य राजेश बिक, पार्टी जिल्ला सचिवालय सदस्य मिना शाही , पार्टी जिल्ला सचिवालय सदस्य लक्ष्मी चौलागाईं जिल्ला पार्टी सचिवालय सदस्य ऐनबहादुर शाही, यसोदा न्यौपाने लगाएत नेताहरू छुटेका छन । उनिहरूले असन्तुष्टी जनाएका छन । यद्धपी दलित कलष्टरवाट दरखास्त दिएका पलाताका अनन्त बिकले भने ब्यासी तिरूवालाइ सहमति दिएको बताईएको छ ।
आफुलाइ आन्तरिक लोकतन्त्रमा अब्बल ठान्ने पार्टीमा सहमतिका नाममा मनलाग्दी गर्ने कुरा शैय नहुने युवासंघका स्थायि कमिटी सदस्य वकिल बमले बताउनु भयो । यी नेताहरूले दरखास्त दिएकाहरूसंग छलफलनै नगरी रातारात सूची तयार गरी छलफल बिना लिस्ट टासेर सार्वजनिक नगरी हिडेको आरोप लगाउदै सान्नित्रिवेणीगाउँपालिका उपाध्यक्ष पार्वति सिहले बताउन भयो ।

जिल्लामा आयोजक कमिटीमा रहेका र निर्वाचन नलड्ने ब्यक्तिहरूको सर्वसम्वत प्रतिनिधि छनोट गर्ने जिम्मेवारी दिएको थियो । उनिहरू सोतह प्रतिनिधि हुने हुदा केन्द्रिय सदस्य जिल्ला ईन्चार्ज नगेन्द्र शाही , मानवअधिकार एलाइन्स मिन ब शाही केन्द्रिय निर्वाचन आयोग सदस्य कासीचन्द्र बराल , केन्द्रिय सदस्य दक्षिणा शाही र इन्दिरा संज्याल रहेका छन ।
प्रतिनिधिमा पुराना माओवादी र समाजवादी पृष्ठभूमिका नेताहरूको प्रवाभ
यसपटक प्रतिनिधि बनेकाहरू मध्ये प्रविन बोगटी, ब्यासी तिरुवा र जलसा बुढा (३ जना) र आयोजक तिर कासी चन्द बराल र इन्दिरा संज्याल , पूर्व माओवादी पृष्ठभूमिका मानिन्छन् ,दरखास्त दिएका पलाताका अनन्त बिक पनि पुर्व माओवादी भुमिकावाट आएका हुन ।
कर्णालि प्रदेशका पुर्व कृषीमन्त्री कुर्मराज शाही ,युवा नेता तपेन्द्र शाही नेकपा बिभाजन पछि एमाले बिभाजन हुदा समाजवादीतिर लागेका नेता हुन ।
केन्द्रीय स्तरमा प्रतिस्पर्धा : ईश्वर पोखरेल vs केपी ओली
कालीकोटको प्रतिनिधि चयनले केन्द्रको शक्ति सन्तुलनमा कुनै प्रभाव नपार्ने अनुमान गरिएको छ।
एमाले महाधिवेशनमा ईश्वर पोखरेल र केपी ओलीबीच प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ, र कालीकोटको टोलीमा को कुन पक्षधर हो भन्ने नखुले पनि यस अघि केपि ओलि पक्षधर भन्दा इश्वर पक्षधरमा खुलेका नेताहरूको बलियो उपस्थिति रहेको चर्चा छ ।
नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा अहिलेसम्म कर्णालीको सहभागिता हुन सकेको छैन भने कालिकोटले निर्वाचित केन्द्रिय सदस्य समेत पाउन नसकेको देखिन्छ । साङ्गठनिक र जनमतका हिसाबले चुस्त देखिने एमाले पार्टीभित्रको राष्ट्रियराजनीतिमा उपेक्षामा पर्दै आएको छ ।
केन्द्रिय सदस्यमा भने कुर्म राज शाही र नेश्नल शाही फरक फरक टिमवाट भिड्ने अनुमान समेत गरिएको छ ।
असन्तुस्ट पुर्व पार्टी जिल्ला अध्यक्ष जसी पाण्डे लेख्नु हुन्छ
कालिकोट जिल्लाबाट नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनौट गर्दा मेरो पार्टी सदस्यता २०४३ सालमा प्राप्तभइ जिल्लाकै सबै भन्दा जेष्ठ पार्टी सदस्य, पार्टि बिभाजन हुदा केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष, प्रदेश सदस्य, नगरपालिकाप्रमुख र पार्टी निर्माणका लागि दिनरात खटी नैतिक, भौतिक, आर्थिक र सामाजिक हिसाबमा जिल्लाबासी आमाबुवा दाजुभाइदिदीबहिनीहरुको सेवा गर्दै आउदै गर्दा मेरो योग्यता नपुगि छनौट नभएता पनि म पार्टि जिल्ला अध्यक्ष हुदा मेरै पहलमा नेकपाएमालेमा समायोजन भएका कमरेडहरु र मेरै सहयोग र समर्थनमा राजनितिमा उदय भएका कमरेडहरुलाई एघारौंमहाधिवेशनमा प्रतिनिधि छनौट गर्ने जिम्मेवारि प्राप्त गरेका कमरेडहरुले छ्नौट गर्नुभएकोमा हृदयदेखि धन्यवाद व्यक्त गर्दछु।
साथै सोही महाधिवेशनमा कालिकोट जिल्ला बाट प्रतिनिधि जाने सम्पुर्ण प्रतिनिधि कमरेडहरु लाई मेरो ब्यक्तिगत तर्फबाटहार्दिक बधाइ ज्ञापन गर्दछु।
नेकपा एमालेलाई कालिकोट जिल्लामा सांगठनिक हिसाबले मजबुत गर्न म बाचुन्जेलसम्म लागिपरि सहयोग पुर्याउनेप्रतिबद्धता व्यक्त गर्दछु। उहाले लेख्नु भएको छ ।
सान्नित्रिवेणीका उपाध्यक्ष पार्वति सिहको असन्तुष्टी
जिल्लाको हकमा, आदरणीय इन्चार्ज नगेन्द्र शाही नेशनल कमरेडको नजरमा निशेधको पर्खाल भत्काउन अझ धेरै योगदान रपार्टीमा लगानी गर्नुपर्ने महशुल भएको छ, प्रतिनिधि छनोटमा योग्य उम्मेदवार बन्न नसकेकोमा कुनै गुनासो छैन नेतृत्व प्रति🙏 अपेक्षा राखेकाहरुको बिचमा छलफल र हार्दिकताको बाताबरण सृजना गर्नुको सट्टा आम कार्यकर्तालाई निराशातिर धकेल्दैभागाभाग गरेर सामाजिक संजाल मार्फत प्रतिनिधिको लिस्ट पेश गरियो, यो प्रवृत्तिले कालिकोट जिल्लाको हाम्रो पार्टी नेकपाएमाले कसरी बलियो हुन्छ चिन्ता यहि विषयको हो! जो जसरी सिफारिस हुनुभो, कमरेडहरुलाइ बधाई छ,तपाईंहरुकोआगामी राजनीति दीर्घकालीन रहोस् शुभकामना✊ #अवसरमात्रैदेख्नेआँखाले तल लेखिका योगदानलाई नभुल्न अनुरोध छ्🙏
( –२०६१साल बाट अनेरास्ववियु कालिकोटको जिल्ला कमिटी –सदस्य
–२०६३ साल बाट अनेरास्ववियु कालिकोट जिल्ला कमिटी– कोषाध्यक्ष
–२०६५ साल अनेरास्ववियु कर्णाली अञ्चल महिला बिभाग प्रमुख
–२०६७ साल अनेरास्ववियु केन्द्रिय– सदस्य निर्वाचित
–२०६९ साल कर्णाली काठमाडौं सम्पर्क कमिटी– सचिवालय सदस्य
–२०७१ साल अखिल नेपाल महिला संघ –केन्द्रिय सदस्य
–२०७५ साल नेकपा कालिन समय कालिकोट जिल्ला – सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र कमिटी “ख“सचीव
–२०७८ नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन –प्रतिनिधि निर्वाचित
–२०७८नेकपा एमाले कर्णाली प्रदेश कमिटी– सदस्य
–२०७९ को स्थानीय निर्वाचन मा पालिका उपाध्यक्ष मा निर्वाचित
–२०८० नेकपा एमाले प्रदेश कमिटी सदस्य मा पुन निर्वाचित










