रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

पचालझरनामा ५ सैया सामुदायिक अस्पताल स्थान सम्बन्धी विवाद , स्थानिय युवाले गरेको जनमत सर्वेक्षणमा ‘डाब’ अग्रस्थानमा

       कालीकोट — पचालझरना गाउँपालिकामा निर्माण हुन लागेको ५ सैयाको सामुदायिक अस्पताल कहाँ बनाउने भन्ने विषयमा लामो समयदेखिको विवाद बीच सर्वेक्षणमार्फत जनमत सार्वजनिक गरिएको छ। सामुदायिक अस्पतालको स्थान (सेन्टर) चयनमा उत्पन्न विवादपछि ‘सार्वजनिक युवा सरोकार मञ्च पचालझरनाले ७ वडामा रहेका  घरधुरीहरूको मत सर्वेक्षण गरेको छ ।घरघरमै पुगेर सर्वेक्षण फमका आधारमा गरिएको सर्वेक्षणमा  हाल पालिकाले निर्माण गर्न खोजको लाटुरे , पुरानो ईलाका केन्द्र जारकोट र हालको पालिका केन्द्रको बिच सेन्टरमा पर्ने डाब भन्ने स्थानले स्पष्ट बहुमत प्राप्त गरेको  देखिन्छ । यसरी हेर्दा नगरीकले स्थान बिवादको लागी लुछाचुडी गर्नेहरूलाइ झापड दिएका छन ।उनिहरू हाल सम्म , पुरानै स्थान हाल अस्पतालले  सेवा दिईरहेको स्थान जारकोट , हाल बनाउन खोजिएको लाटुरे र पालिका केन्द्र पडेक्षाको बिकलपा ति तिनै स्थानको बिचैमा पर्ने डावको पक्षमा बहुमत दृखिएको छ ।

   गएको दुई वर्षदेखि पचालझरनाको पालिका अस्पताल निर्माण बिवादमा छ । उक्त बिवाद स्थानिय स्तरमा सामाधान नभए पछी सन्तुष्ट पक्ष सर्बोच्च अदालतसम्म पुगेको थियो ।उजुरी पछी बिचाराधिन रहेको विषयमा पचालझरनामा युवाहरूले मतसर्वेक्षण गरेर सार्वजनिक गरेका छन । पहिलो सरकारले सञ्चालनमा ल्याएको जारकोटस्थित (साबिक राम्नाकोट) स्वास्थ्य चौकीलाई अपग्रेड गर्ने निर्णय भए पनि पछिल्लो सरकारले लाटुरेमा डिपिआर बनाई अस्पताल सार्ने प्रयास गरेपछि विवाद झनै तीव्र बनेको हो। उक्त विवादको मुद्वा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

लाटुरेमा बर्तमान पालिका अध्यक्ष देवराजद शाही लगाएतको समर्थन छ भने पुरानो सरकारको निर्णय उल्ट्याएर आफ्नो नजिक लिन लागेको आरोप निवर्तमान पालिका अध्यक्ष खड्गराज सेजुवाल पक्षधरको छ । तर सर्वेक्षणमा नागरिकको सन्तुष्टी हेर्दा ति दुबै र बिकल्वकोपडेक्षा भन्दा पनि डावमा नागरीक समर्थन बढी  देखिएको छ ।

सर्वेक्षणको तथ्यांक अनुसार : १३२९ घरधुरी सहभागीरहेका छन पचालझरनामा झण्डै २३ सय घरधुरी रहेकोमा सर्वेक्षण गर्न गएका युवाहरूलाइ वडा नं १ र ९ का समुदायले मत जाहेर गर्नै नमानेको र अन्य वडामा पन केही घरधुरीले तटस्थ बस्न चाहेकोले समर्थन परिणाममा नआएको त्यहाका युवा जस बोगटीले बताए ।

वडा नं. १ र ९ बाहेक बाँकी ७ वडामा गरिएको सर्वेक्षणमा १३२९ घरधुरी सहभागी भएका थिए। जसमा प्राप्त जनमत अनुसार  डाब  भन्ने स्थानमा सबै भन्दा बढी ६४८ घरधुरीले समर्थन  जनाउदै (पहिलो स्थानमा स्पष्ट बहुमत िदएका छन

डाब कर्णाली करिडोरको मध्य बिन्दुमा पर्ने, जारकोट, पडेक्षा र लाटुरेबीचको ‘बिच सेन्टर पनि मानिन्छ। सबैभन्दा धेरै घरधुरीले यही स्थानलाई उपयुक्त मानिरहेका छन्।

दोस्रोमा जारकोटमा ३९६ घरधुरीको समर्थन छ  (दोस्रो स्थानसाबिको  इलाका तथा पुरानो राम्नाकोट  स्वास्थ्य संरचना रहेको ठाउँ भएकाले जारकोटमा पनि दोस्रो  जनसमर्थन देखिएको छ।यदी अस्पताल लाटुरेमै बन्ने अवस्था आए त्यहा जारकोटवाट साबिकको स्वासथ्यचौकी सार्न खोज्दा सामुदायिक साम्प्रदायिकता देखिने भन्दै यसै हप्ता त्यहाका स्थानियले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको ध्यानआकर्षण समेत गराएका छन ।

तेस्रो पडेक्षा (पालिका केन्द्र) मा २८२ घरधुरी (तेस्रो स्थान)मा समर्थन देखिन्छ त्यहा पालिका केन्द्र भएकै कारण केही वडामा पडेक्षाको पक्षमा एकमत समर्थन दिएको देखिन्छ ।

चौथोमा लाटुरे १ घरधुरी (सबैभन्दा न्यून समर्थन) देखिन्छ कार्यपालिकाको बहुमतले निर्णय गरी डिपिआर बनेको ठाउँ भए पनि जनमतमा लाटुरेले लगभग शून्य समर्थन पाएको छ। लाटुरे वडा नं ९ हालका पालिका अध्यक्ष देबराज शाही अग्निको गाउमा पर्छ । उक्त ठाउमा कार्यपालिकामा बिरोध नदेखिए पनिउजुरी परेर नागरिकको स्वास्थ्य सेवामा असर परेको भन्दै युवाहरूले सर्वेक्षण सुरू गरेका थिय ।

  वडा–वडा अनुसारका समर्थन हेर्दा वडा २ मा १००घरधुरी  मध्ये १०० घरधुरीले पडेक्षाको समर्थक देखिएका छन । वडा ३ मा १६० घरधुरी सबैले पडेक्षानै समर्थन जनाएका छन ।वडा ४  का ९५ घरधुरीमा ७२  घरधुरीले जारकोट, २२ पडेक्षा, १ लाटुरेको समर्थक रहेका छन । वडा ५ मा ३२४ घरधुरी सबै जारकोटकै पुरानो ईलाका रहेको स्थानको समर्थक देखिएका छन ।वडा ६ (बोलुगाउँ) का १४४ घरधुरी सबै डाबको पक्षमा छन भने वडा ७ का नानिकोट)  क्षेत्रका ३२४ घरधुरी सबै डाबकै पक्षमा छन । वडा ८ का १८२ मध्ये १८० घरधुरीले डाब र २ घरले जारकोट समर्थन गरेका छन । वडा १ र ९ ले भने तटस्थता देाएका छन । ति वडामा समर्थन फममा हस्ताक्षर गर्न नमानेको ति युवाहरूले बताए ।

समग्र रूपमा हेर्दा डाब सबैभन्दा उपयुक्त स्थान देखिएको छ भने लाटुरे, जहाँ हाल कार्यपालिका अस्पताल बनाउन खोजिरहेको छ, जनमतमा अन्तिम स्थानमा परेको छ। तर पालिकाले सर्बोच्चमा बिचाराधिन रहेको स्थानमा संरचना बनाउन थालेको भन्दै कांग्रेस नेता पटक शाहि लगाएतले केहि दिन अघि प्रमुख जिल्ला अधिकारीको ध्यान केन्द्रित गराएका थिय ।

अब के हुन्छ?

  सर्वेक्षण सार्वजनिक गर्दै सार्वजनिक युवा सरोकार मञ्च पचालझरनाले सर्बदलिय नेतृत्व, गाउँपालिका सरकार र स्थानीय सरोकारवालाको उपस्थितिमा आधिकारिक बैठक बोलाई जनमतका आधारमा अन्तिम निष्कर्ष निकाल्न आग्रह गरेको छ।

अस्पताल कहाँ बनाउने भन्ने विषयमा न्यायिक निर्णयसमेत बाँकी रहेका कारण स्थानीयवासीमा अन्योलता कायमै छ।

“के न्यायिक निकायले जनमत र भौगोलिक उपयुक्तता हेरेर सहमतिपूर्वक अस्पताल केन्द्र तोक्ने या नतोक्ने वा कस्तो फैसला आउछ भन्नेमा बिचाराधिन छ । तर  अदालतको फैसला कुरेका त्यहाका नागरिकहरू जारकोटवाट सहजै  अस्पताल सार्न नदिने उद्वी जारी गर्दै आएका छन ।

पचालझरनाको अत्यावश्यक स्वास्थ्य पूर्वाधार निर्माण दुई वर्षदेखि रोकिँदा स्थानीय नागरिक गम्भीर रूपमा प्रभावित भएका छन्। अब सबै पक्षको सहमति र न्यायिक निकायको निर्णय नै समाधानको आधार मानिने अपेक्षा गर्दै मतसर्वेक्षण गरिएको त्यहाका युवाहरूले बताएका छन ।

असपताल निर्माणले त्यहाका समदायलाइ बिकेन्द्रित गरिरहेको छ । यस बिषयमा समयमै गृह प्रशासन देखि त्यहाका सरोकारवाला सचेत रहन जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !