रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोट नगरपालिकामा कक्षा शिक्षण सिकाइ अभ्यासहरुको अनुभव आदानप्रदान कार्यक्रम सम्पन्‍न ।

कालिकोटको~ रास्कोट नगरपालिकामा कक्षा शिक्षण सिकाइ अभ्यासहरुको अनुभवआदानप्रदान कार्यक्रम सम्पन्‍न भएको छ।
रास्कोट नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शाहीको अध्यक्षता र रास्कोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत श्री महेन्द्रजङ शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्‍न भएको हो ।शिक्षकहरुले विभिन्‍न तालिमहरु लिइ सकेपछि त्यसलाई दैनिक रुपमा कक्षा शिक्षण सिकाइमा कार्यन्वयन गर्न गर्को भूमिका सम्बन्धमा अनुभव आदानप्रदान गर्ने कार्यक्रमको मुल उद्देश्यका साथ रास्कोट नगरपालिकाका छनौट भएका १५ वटा विद्यालयका ३० जना शिक्षकहरुसँग अनुभव आदानप्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय महेन्द्रजङ शाहीले शिक्षकले शिक्षण गर्दा बालमनोविज्ञन बालबालिकाको बौदिक क्षमताको मापन गरेर मात्रै शिक्षण गर्नु पर्ने बताउनु भएको छ । कक्षाकोठामा विभिन्‍न प्राकृतिका व्यवहारिक समस्या भएका बालबालिकाहरु रहेका हुन्छन । तिनलाई पहिचान गरेर मात्रै पढाउनु पर्ने दायित्व शिक्षकको हो उहाँले बताउनु भएको छ ।
शिक्षक एक मैनबत्ति हो उसले विभिन्‍न प्रकारका बालबालिकाको भविष्य उज्यालो बनाउने काम गर्छ । कार्क्रममा यूनिसेफ नेपाल देखी फर्सुराम पन्थ (SESP) कार्यक्रम व्यवस्थापक तेज सोनाम रास्कोट नगरपालिका शिक्षा अधिकृत खेमराज शाही, शिक्षा प्रास दल बहादुर जी. सी र बालविकास संयोजक राजुकुमारी शाहीको सहभागिता भएको समाज जागरण केन्द्र स्याक नेपालका शिक्षा अधिकृत ध्रुब नाथ योगीले जानकारी दिनु भएको हो । यूनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र स्याक नेपालको सहजीकरण र रास्कोट नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा गुणस्त्तरिय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा बजेट कार्यन्वयनका लागि स्थानिय तहको क्षमता सवलीकरण कार्यक्रम अन्तर्गत कक्षा शिक्षण सिकाइ अभ्यासहरुको अनुभव आदानप्रदान कार्यक्रम सम्पन्‍न भएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !