रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णाली करिडोरको कालीकोट खण्ड रास्कोटमा बस दुर्घटना, ११ जना घाइते

       कालीकोटको रास्कोट नगरपालिका–६ भातडी भन्ने स्थानमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। मिति २०८२।०९।०९ गते बिहान करिब १०ः४० बजे बाजुराबाट नेपालगञ्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ख ९२४ नम्बरको SML बस दुर्घटनामा परेको हो।

जिल्ला कैलाली बस्ने २८ वर्षीय योगेन्द्र मल्लले चलाएको उक्त बसको पट्टा भाँचिएपछि सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।बसमा चालकसहित २१ जना सवार रहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका ११ जनामध्ये केहीको अवस्था मध्यम र केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको थप उपचारका लागि नेपालगञ्ज पठाउने पहल भइरहेको कालिकोट जिप्रकाका निमिति प्रमुख बिर बहादुर सुनारले बताउनु भयो ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी पोस्ट सान्तिघाट, कालीकोटबाट प्रहरी सहायक निरीक्षक डम्बर दत्त जोशीको कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको छ। दुर्घटनापछि बस चालक फरार रहेकाले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको र घटनास्थल इलाका प्रहरी पोस्ट सान्तिघाटबाट करिब तीन किलोमिटर पूर्वतर्फ पर्ने बताइएको छ।

घाइतेहरूको विवरण:

• पम्पा अधिकारी (७१), हिमाली गाउँपालिका–७, बाजुरा – बायाँ हातमा चोट, अवस्था मध्यम

• रत्नकला बिष्ट (६६), जगन्नाथ गाउँपालिका–२, बाजुरा – शरीरको भित्री भागमा चोट, अवस्था मध्यम

• मिरा शाही (५०), सानिकार्तिक गाउँपालिका–३, जुकोट – टाउको र दाहिने आँखामाथि चोट, अवस्था मध्यम

• जना बिष्ट (४०), जगन्नाथ गाउँपालिका–२ – पिठ्यूँमा चोट, अवस्था मध्यम

• गंगा ब. शाही (६५), सानिकार्तिक गाउँपालिका–३ – बायाँ हातमा चोट, अवस्था सामान्य

• तिउली भण्डारी (४०), माझगाउँ – घाँटीमा चोट, अवस्था सामान्य

• मानबिर कामी (२०), जेरा – बायाँ हात र टाउकोमा चोट, अवस्था सामान्य

• शान्ति शाही (४४), जगन्नाथ गाउँपालिका–५, गोत्री – दाहिने खुट्टामा चोट, अवस्था सामान्य

• पदम सार्की (२५) – दाहिने घुँडामा चोट, अवस्था सामान्य

• विकेस डोली (६५) – टाउकोमा चोट, अवस्था सामान्य

• खेमराज कार्की (१९), बुढीनन्दा गाउँपालिका–१, पिपलडाली – दाहिने हात र कानमा चोट

प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !