बाजुराको त्रिबेणी नगरपालिकाको १८औँ नगर अधिवेशन आजदेखि सुरु भएको छ। नगर सभाको उक्त अधिवेशनमा नगरको सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक अनुशासन, सामाजिक संरक्षण तथा वातावरणीय दिगोपनलाई सुदृढ गर्ने उद्देश्यले नगर प्रमुख थापाले विभिन्न महत्वपूर्ण विधेयकहरू सभामा पेश गर्नु भएको छ ।
नगर अधिवेशनमा सहकारी ऐन, २०८२, कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०८२, जनस्वास्थ्य सम्बन्धी विधेयक, २०८२, उपभोक्ता हकहित संरक्षण सम्बन्धी विधेयक, २०८२ तथा प्रशासनिक कार्यविधि सम्बन्धी विधेयक, २०८२ प्रस्तुत गरिएका छन ।
यसैगरी वनसम्पदा संरक्षण सम्बन्धी विधेयक, २०८२, उद्योग तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी विधेयक, २०८२, जलस्रोत सम्बन्धी विधेयक, २०८२, आकस्मिक कोष सम्बन्धी विधेयक, २०८२ र स्थानीय एफ.एम. सञ्चालन सम्बन्धी विधेयक, २०८२ समेत नगर सभामा पेश गरिएको जनाईएको छ ।
यी विधेयकहरू कार्यान्वयनमा आएपछि स्थानीय तहमा पारदर्शिता, उत्तरदायी शासन प्रणाली र दिगो विकासलाई थप मजबुत बनाउने विश्वास लिएको नगर प्रमुख कर्ण बहादुर थापाले बताउनुभएको छ। अधिवेशनले नगरको समग्र विकास र जनमुखी शुशासन र कार्य प्रणाली सुदृढ गर्न महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको मेयर थापाको सचिवालयले जनाएको छ।
नगर प्रमुख कर्ण बहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेका विधेयकहरू नगर सभाबाट छलफलपछि पारित हुने सचिवालयले जानकारी दिएको हो।










