रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोटका सरकारी विद्यालयहरूमा एसईई तयारी र आवासीय सुविधा

        कालीकोट — रास्कोट नगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गर्दै विद्यार्थीको तयारीलाई तीव्र बनाएको  छ । नगरका चारवटा माध्यामिक बिद्यालय बडिमालिका माध्यमिक विद्यालय रास्कोट, जनजाग्रिती माध्यमिक विद्यालय फुकोट, मोतिराम माध्यमिक विद्यालय सिफ्खाना तथा कालशिल्ला माध्यमिक विद्यालय गोरखालीगाउँमा एसईई तयारीका लागि अतिरिक्त कक्षा, आवासीय सुविधा सहित २४ घण्टा शिक्षकको प्रत्यक्ष निगरानीमा पठनपाठन गराउन सुरु गरिएको  नगर शिक्षा साँखा प्रमुख खेमराज शाहीले बताउनु भएको छ।

  विद्यालयहरूमा केही शिक्षकहरू ‘होस्टेल फादर’को रूपमा बसेर विद्यार्थीको पठनपाठन, अनुशासन र दैनिक गतिविधिको निगरानी गर्ने गरेका छन्। यसले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको विद्यालय प्रशासनको भनाइ छ।

रास्कोटस्थित केही विद्यालयमा भने अतिरिक्त कक्षा सञ्चालन गरी शिक्षकहरू कक्षा लिएर घर जाने व्यवस्था गरिएको छ। यस मोडेलबाट पनि विद्यार्थीलाई एसईई तयारीमा सहयोग पुगिरहेको बताइएको छ।

आवासीय सुविधाका लागि नगर सरकारले सीमित मात्रामा बजेट उपलब्ध गराएको छ। अपुग बजेट विद्यालयहरूले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आएका छन्। विद्यालयहरूका अनुसार सीमित स्रोतका कारण दीर्घकालीन रूपमा आवासीय कार्यक्रम सञ्चालन गर्न चुनौती देखिएको छ।

यसैबीच, स्थानीयस्तरमा अभिभावकलाई थप जिम्मेवार बनाउँदै आवासीय होस्टेल सुविधा समुदाय वा अभिभावकको प्रत्यक्ष सहभागितामा सञ्चालन गरेको हो । आर्थिक रूपमा सक्षम अभिभावकले जिम्मेवारी लिएमा विद्यालयको भार कम हुनुका साथै कार्यक्रमलाई दिगो बनाउन सकिने सरोकारवालाको धारणा छ।

शैक्षिक गुणस्तर सुधार र एसईईमा नतिजा उकास्ने उद्देश्यले सुरु गरिएका यी प्रयासलाई दीर्घकालीन नीति, पर्याप्त बजेट र समुदायको सहकार्यबाट अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !