रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटका मिलन बी.क लाई डेन्टलिस्ट बन्ने सपना, आर्थिक अभाव मुख्य चुनौती, एकै परिवारमा चार जना चिकित्सक बन्दै

रत्न कार्की कालिकोट / कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटस्थित सान्नित्रिवेणी गाउँपालिका–२ का मिलन बी.के. डेन्टलिस्ट (दन्त चिकित्सक) बन्ने ठूलो सपना बोकेर अगाडि बढिरहेका छन्। दलित समुदायका युवामध्येबाट दन्त चिकित्सा क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने दुर्लभ अवसर प्राप्त गरेका मिलनले हालै बीडीएस (Bachelor of Dental Surgery) अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन्।दलित समुदाय मात्र होईन कालिकोट जिल्लाकै पहिलो बिडिएस (दन्तचिकित्सक हुने उनको धोको कतै पारिवारिक आए श्रोतको कमिले ब्रेक लाग्छकी भन्ने चिन्ता  कायम छ ।

सान्नित्रिवेणी गाउँपालिका–१ निवासी दंगली बी.के. का छोरा मिलनले चितवन मेडिकल कलेजमा बीडीएस अध्ययन गर्ने अवसर पाएका छन । गाउँकै सामुदायिक विद्यालय शंकर माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरेका मिलन सानैदेखि “डक्टर साहब” बन्ने सपना देख्दै आएका थिए।

पूर्ण छात्रवृत्तिमा नाम निस्किए पनि प्रारम्भिक व्यवस्थापन खर्च जुटाउन पनि उनको परिवारका लागि ठूलो चुनौती बनेको छ। होस्टेल शुल्क, किताब–कापी तथा अन्य शैक्षिक सामग्री जुटाउन आर्थिक अभावले परिवार चिन्तित बनेका  छन । आयस्रोत न्यून भएकाले किताब किन्न समेत समस्या भइरहेको परिवारले जनाएका छन ।

लेबर काम गरेर छोरालाई एमबीबीएस तयारी गराउँदै आएका बुवा दंगली बी.के.लाई एकातर्फ छोराको सफलतामा खुसी छ भने अर्कोतर्फ आवश्यक खर्च व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ। “पढाइ खर्चका लागि सरकारी निकायदेखि सहयोगी दातासम्म धायौँ, तर अहिलेसम्म कसैबाट सहयोग पाएका छैनौँ,” दंगली बी.के.ले गुनासो गर्नुभयो।

मिलनले बीडीएस अध्ययनका लागि नाम निकालेपछि गाउँमा खुसीयाली छाएको सान्नित्रिवेणी–२ का स्थानीय भरत बी.के. आकासले बताउनुभयो। तर पूर्ण छात्रवृत्तिमा भए पनि प्रारम्भिक खर्च जुटाउन नसक्दा मिलन स्वयं पनि चिन्तित छन्।

सान्नित्रिवेणी गाउँपालिका–२, सेरीज्युला निवासी दलित परिवारमा जन्मिएका मिलन आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका हुन्। उनकाे सफलताले दलित समुदायका युवाहरूका लागि ठूलो प्रेरणा दिएको छ।

यसै गाउँपालिकाबाट दलित समुदायका अन्य युवाहरू पनि चिकित्सक बन्ने यात्रामा छन्। सान्नित्रिवेणी गाउँपालिका निवासी दीर्घ नेपालीका छोरा उमेश नेपाली हाल अमेरिकामा Research Scientist विषयमा पीएचडी अध्ययनरत छन् भने अर्का छोरा सागर नेपाली पाकिस्तानमा एमबीबीएस अध्ययन गरिरहेका छन्। त्यस्तै, रत्न नेपालीका छोरा नवीन नेपाली विराटनगरमा एमबीबीएस अध्ययनरत छन्।

Screenshot

उनीहरूका अभिभावक सरकारी सेवामा भए पनि मिलन बी.के.को परिवार भने अत्यन्तै कमजोर आर्थिक अवस्थामा रहेको छ। त्यसैले मिलनको अध्ययन निरन्तरताका लागि संघ, प्रदेश तथा स्थानीय सरकार, सम्बन्धित निकाय र सहयोगी संघ–संस्थासँग परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।

विकट भौगोलिक अवस्था, आर्थिक अभाव र सामाजिक चुनौतीका बाबजुद दलित समुदायबाट आएका यी युवाहरूको संघर्ष र सफलता राज्यका लागि गौरवको विषय हो। शिक्षा र अवसर पाएमा दलित समुदायका सन्तानहरू पनि उच्च तहमा पुग्न सक्छन् भन्ने सन्देश यस्ता उदाहरणले दिएको छ। अब राज्य र सरोकारवाला निकायले मिलन बी.के. जस्ता विद्यार्थीहरूलाई आवश्यक सहयोग गरेर उनीहरूको सपना पूरा गर्न साथ दिनु आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !