रत्न कार्की कालिकोट / खाडाचक्र नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको काम पुन सुचारु गर्न नगर विकास कोष तयार भएको छ। विवादमा परेको बहुउद्देश्यीय प्रशासकीय भवन भूगोलअनुसार रि डिजाइन तथा लागत (स्टिमेट) संशोधन गरी निर्माण गरिने भएको हो।
नगर विकास कोष, भवन डिभिजन र खाडाचक्र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको उक्त भवनको फाउन्डेसन खन्ने क्रममा गएको पहिरोले खाडाचक्र बजारको मुख्य सडक आठ महिना देखी अवरुद्ध हुनुका साथै केही स्थानीयका घर जोखिममा परेका थिए। सो घटनापछि भवन निर्माण कार्य विवादमा परेपछि नगर विकास कोषले कामबाट हात झिक्न खोजेको थियो।
भवन स्थल आसपास पहिरोका कारण स्थानीय बस्ती जोखिममा परेपछि उक्त स्थानमा भवन निर्माण नगर्न सुझाव आएको भन्दै नगर विकास कोषले काम अगाडि नबढाउने जानकारी दिएको थियो। यसले नगरपालिका र निर्माण व्यवसायी दुवै समस्यामा परेका थिए। तर नगर प्रमुख कमल बहादुर शाहीले स्थानीय समस्या समाधान गर्ने र जोखिमको जिम्मेवारी नगरपालिकाले लिने स्पष्ट प्रतिबद्धता जनाएपछि पुन नगर विकास कोषको कार्यालय नगरको प्रतिबद्वता अनुसार डीपीआर तयार गर्ने कन्सलटेन्सीका प्रतिनिधि तथा भवन विज्ञहरूको सहभागितामा छलफल भए पछी सो निर्णयमा पुगेको हो।
छलफलपछि स्थलको भूगोलअनुसार डिजाइन संशोधन गरी भवन निर्माण कार्य पुन अघि बढाउनेमा सबै पक्ष सहमत भएका छन्। गत असार महिनामा दुई सडकको बीचमा फाउन्डेसन खन्ने क्रममा आसपासको जमिन पहिरिएपछि नगरपालिकाले आलोचना र जनदबाब सामना गर्नुपरेको थियो।
सोही शिलशिलामा नगरको कार्यालिकवाटै बिभिन्न गलत सूचना नगरबिकासकोसको कार्यालयमा पुगे पछी भवन बन्नेकी नबन्ने भन्ने बिषय अन्यौल बनेको थियो।
बिहीबार खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीको कार्यकक्षमा बसेको सरोकारवालाको बैठकले आवश्यक प्रक्रिया पूरा गरी दुई हप्ताभित्र निर्माण कार्य सुरु गर्ने निर्णय गरेको छ। बैठकमा केएस इन्जिनियरिङ कन्सलटेन्सी, काठमाडौंका इञ्जिनियर शंकर खड्का, नगर विकास कोषका उपमहानिर्देशक राजेश कुमार भोचिभुया, भवन विज्ञ इञ्जिनियर दिलिप गसी, आर .एन.सी.एस बिल्डर्स प्रालिका प्रबन्ध निर्देशक यमप्रसाद अधिकारी, नगर प्रमुख कमल ब शाही, इञ्जिनियर सुमित भट्ट, इञ्जिनियर रत्न भण्डारी, प्रमुख प्रशासकीय अधिकृत जसी चौलागाईं पत्रकार रत्न कार्की तथा शाखा प्रमुखहरू दर्व शाही, सूचना अधिकृत मोहन महरालगायतको उपस्थिति रहेको बैठकमा खाडाचक्रका पुर्वाधार साखा प्रमुख सुमित भट्टले बिग्रेको सबै मेरो सप्रेको आफ्नो भनेझै गरेर एक वर्षमा आफुलाइ सबै पक्षवाट दुख दिने काम भएको बताउनु भयो ।
निर्माण व्यवसायी यमप्रसाद अधिकारीले सम्झौता भएको डेढ दुई वर्ष बितिसक्दा पनि करिब १२ महिना काम अघि बढ्न नसकेको गुनासो गर्दै अब स्पष्ट वातावरण नबने क्षतिपूर्ति केलेमको अवस्था आउन सक्ने बताए। सुरुमै प्राविधिक विज्ञको सल्लाह लिएर काम सुरु गरिएको भए हालको समस्या नआउने उनको भनाइ छ। उनले रि डिजाइन प्रतिवेदन छिटो तयार गरी काम सुचारु गर्न उनले आग्रह गरे।
नगर विकास कोषका उपमहानिर्देशक राजेश कुमार भोचिभुयाले विभिन्न तहबाट आएका फरक,फरक सन्देशका कारण कार्यालय जोखिममा पर्न सक्ने डरले पछि हट्न खोजिएको भए पनि अब भने भवन विज्ञको सल्लाहअनुसार अघि बढ्न कोष तयार रहेको र काम सुरु भएपछि आफ्नो दायित्व पूरा गर्ने उनले स्पष्ट पारे।
भवन विज्ञ इञ्जिनियर दिलिप गसीले स्थलको भूगोलअनुसार थोरै डिजाइन संशोधन गरेपछि भवन निर्माण रोक्नुपर्ने अवस्था नरहने बताए। उनले बढीमा दुई हप्ताभित्र डिजाइन संशोधन गरी प्रतिवेदन बुझाउने र नगरपालिकाबाट स्वीकृति पाएपछि काम सुचारु हुने जानकारी दिए।
नगर प्रमुख कमल बहादुर शाहीले उक्त भवन नगरको गौरवको आयोजना भएकाले जसरी पनि सम्पन्न गर्नुपर्ने सोचमा आफु रहेको बताए। विभिन्न प्राविधिक सुझावका कारण अन्योल सिर्जना भए पनि एकीकृत सरकारी भवनबाट सेवा प्रवाह गर्न समयमै निर्माण आवश्यक रहेको भन्दै सबै सरोकारवालालाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे। योजना रद्द हुने कुनै अवस्था नरहेको उल्लेख गर्दै उनले यो योजनाका लागि आफूले धेरै दुःख भोगिसकेको र अब अनावश्यक दुःख नदिन सबैलाई आग्रह गरे।
काम सुरू हुदा बिगतमा तिनवटै साझेदार निकायको बजेट भुम्तानि मागेर मात्र दिनु पर्नेमा एकलौटी नगरको मात्र दिने गरेको भन्दै मेयर शाहिले अबका दिनमा तिनै निकायको दायीत्व सृजना हुने गरि काम गर्न आफ्नो पुर्वाधारसाखालाइ मेयर शाहिले निर्देशन दिए ।
डिपिआर बनाउदा र पछि फाउण्डेशनसम्म पुग्दा भौगोलिक अवस्था फरक भेटिएकाले डिजाईन फेर्नु परेको ईन्जिनियर सुमित भट्टले बताए ।










