कालिकोट~ रास्कोट नगरपालिकामा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग रास्कोट नगरपालिका को समन्वयमा र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट द्वारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत कम लागत मा गुणस्तरीय शिक्षण सिकाई सम्बन्धी शिक्षक क्षमता सुदृढीकरण ( ECED) शिक्षकलाई पाँच दिने तालिम सम्पन्न गरिएको छ।
उक्त तालिम कम लागतमा स्थानीय स्तरमा उपलब्ध साधनस्रोतको प्रयोग गरी बालबालिकाहरूलाई प्रभावकारी सिकाई प्रदान गर्न शिक्षकहरूको सीप विकासमा केन्द्रित गरिएको रास्कोट नगरपालिकामा संचालित शसक्त बालिका परियोजना परियोजना संयोजक पदमराज हमालले बताउनु भएको छ।











