दैलेख / राकम कर्णाली क्षेत्र, आठबिस नगरपालिका अन्तर्गत अछाम–दैलेख सीमामा पर्ने एक ग्रामीण बस्तीमा बसोबास गर्ने एक वृद्ध दम्पतीले बेमौसमी तरकारी खेतीबाट उल्लेखनीय आम्दानी गर्दै उदाहरणीय बनेका छन्।
उनका छोरा प्रेम बहादुर बडुवाल (प्रमुख प्रशासकीय अधिकृत, सान्नी त्रिवेणी गाउँपालिका) कालिकोटमा कार्यरत छन ,। बुढुवालका आमाबुवाले छोराको सरकारी जागिरमा निर्भर नभई आफ्नै श्रमबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। उमेरले ६० वर्ष नाघिसकेका यी दम्पतीले बमौसमि कृषी खेतीपातीमै सक्रिय रहँदै वर्षेनी करिब २० लाख देखि ३० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको जानकारी उनले सुनाएका छन ।
हालै उनको कृषी खेतबारीमा पुगेका सान्नित्रिवेणी गाउपालिकाका अध्यक्ष मोहन केसीले उनीहरूको बेमौसमी काक्रा खेती विशेष आकर्षणको केन्द्र बनेको देखिएको बताएका छन । हालसम्म ९१ क्विन्टल काक्रा बिक्री भइसकेको र अझै करिब १५० क्विन्टल उत्पादन बारीमै रहेको बताइएको देखिन्छ । साथै, आलु खेतीबाट समेत लाखौं रुपैयाँ आम्दानी हुने गरेको जनाएका छन्।
उनिहरू केवल श्रममै सीमित छैनन्, उनीहरूले आफ्नो आम्दानीको केही हिस्सा आर्थिक अवस्था कमजोर भएका तथा आमाबुवा गुमाएका बालबालिकाको सहयोगमा खर्च गर्ने गरेका छन्। यसले उनीहरूलाई समाजमा प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको उनको बारीमा पुगेर प्रशन्न भएकी सान्नित्रिवेणिगाउँपालिका १ स्थित शंकर माबिका प्रधानाध्यापक मिनाकार्कीले बताएकीछन ।
बडुवालको घरमा पुगेर गरिएको भेटघाटमा उनीहरूको सरल जीवनशैली, मिहिनेत र आत्मनिर्भरता देख्दा प्रभावित बनेको बताईन ।
स्थानीय तह तथा राज्यले यस्ता श्रमवीर किसानलाई प्रोत्साहन, सम्मान तथा पुरस्कार प्रदान गर्नुपर्ने आवाज उठ्न थालेको छ। मिहिनेत गरियो भने आफ्नै बारीमा पैसा फलाउन सकिन्छ भन्ने सन्देश यी दम्पतीले व्यवहारमै देखाएका उनको भनाई छ ।










