टिकाराज उपाध्याय कालिकोट — रास्कोटमा प्लान इन्टरनेशनल नेपालकाे आर्थिक सहयोग,रास्काेट नगरपालिकाकाे समन्वय तथा मानवअधिकार तथा वातावरण बिकास केन्द्र(हुरेन्डेक) नेपाल कालीकाेटकाे सहजीकरणमा संचालित सशक्त बालिका परियोजना अन्तर्गत बालविवाह सर्बेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रतिनिधि,बाल संज्यालका प्रतिनिधि, किशोर किशोरीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सर्वेक्षणबाट प्राप्त तथ्यांक, बालविवाहको वर्तमान अवस्था, यसका कारण तथा प्रभावका बारेमा विस्तृत रूपमा प्लान नेपालका परियोजना बिज्ञ बिनय ज्ञवालिले प्रस्तुति गर्नु भएको थियो।
प्रतिवेदन अनुसार कार्यक्रममा सहभागीहरूले बालविवाह अन्त्यका लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
नगर उप प्रमुखले बालविवाह अन्त्यका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यसका लागि सचेतना अभिवृद्धि, शिक्षा प्रवर्द्धन तथा कानुनी कार्यान्वयनलाई थप सुदृढ गरिने जानकारी दिनुभयो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले बालविवाह अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।










