रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोटमा कर्णालीकै पहिलो पालिका करदाता सेवा कार्यालय उद्घाटन

कालिकोट — कर्णाली प्रदेशमा पहिलो पटक रास्कोट नगरपालिकाले करदाता सेवा पेन दर्ता तथा सम्बन्धित प्रशासनिक सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गर्दै औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ।

नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूको उपस्थितिमा उक्त सेवा सुरु गरिएको हो। अब रास्कोटका नागरिकहरूले करदाता पहिचान नम्बर (PAN) दर्ता, नवीकरण लगायतका सेवाका लागि जुम्ला जिल्ला वा प्रदेश राजधानी सुर्खेत धाउनुपर्ने बाध्यताबाट उन्मुक्ति दिन रास्कोट नगर सरकारको पहलमा सेवाको सुभराम्भ गरिएको  छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख धर्मराजशाहीले  सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो र पहुँचयोग्य बनाउन यस्तो पहल गरिएको बताए। उनले संघीयताको मर्मअनुसार स्थानीय तहबाटै सेवा विस्तार गर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन । यसबाट नागरिकको समय, लागत र श्रम बचत हुने विश्वास समेत व्यक्त गरेका छन ।

यस सेवाको शुभारम्भसँगै रास्कोट नगरपालिका कर्णाली प्रदेशभित्र करदाता सेवा सञ्चालन गर्ने पहिलो पालिकाको रूपमा स्थापित भएको छ। यसले अन्य स्थानीय तहलाई पनि यस्ता सेवा विस्तार गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

कार्यक्रममै रास्कोट–१ स्थित भावना जनरल स्टोरकी प्रोप्राइटर सरिता सिम्खाडा (चौलागाईं)ले व्यवसायिक PAN लिँदै सेवा लिने पहिलो सेवाग्राही बनेकी छन्। उनले पहिले PAN बनाउन जुम्ला जान तीन दिन समय लाग्ने र करिब १० हजार रुपैयाँ खर्च हुने गरेको बताउँदै अब सो झन्झट हटेको र ठूलो राहत मिलेको प्रतिक्रिया दिइन्।

स्थानीय नागरिकहरूले पनि नगरपालिकाको यो कदमको स्वागत गर्दै सेवा प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !