रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

शिक्षकहरूका लागि आधारभूत मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

टिकाराज उपाध्याय,कालिकोट — रास्कोट नगरपालिकामा शिक्षकहरूलाई विद्यार्थीहरूको मनोसामाजिक अवस्था बुझ्न तथा आवश्यक सहयोग प्रदान गर्न सक्षम बनाउने उद्देश्यले प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मानसिक स्वास्थ्य सहयोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम रास्कोट नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। अभिमुखीकरणमा मनोसामाजिक समस्या पहिचान, तनाव व्यवस्थापन, विद्यार्थीहरूसँग सकारात्मक व्यवहार, तथा आवश्यक परामर्शका आधारभूत विधिहरूबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका प्रशिक्षकहरूले विद्यालय तहमा देखिने मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू र तिनको समाधानका उपायहरूबारे सहजीकरण गरेका थिए। साथै, शिक्षकहरूले विद्यार्थीहरूको भावनात्मक अवस्था बुझेर सहयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो।

कार्यक्रमले शिक्षकहरूलाई मनोसामाजिक सहयोग प्रदान गर्ने सीप विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। उक्त कार्यक्रम रास्कोट नगरपालिकाको आयोजनामा यूनिसेफ नेपालको आर्थिक सहयोग र एजुकेसन पेजेज नेपालको सहजिक्ररणमा गरिएको एजुकेसन पेजेज नेपालकि प्रदेश फिल्ड संयोजक कमला मल्लले खबर कर्णालिलाई बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !