रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोटमा रहेको टेलिकम टावरमा ब्याट्री ब्याकअप जडान, अनलाइन सेवा अब नियमित हुने

कालिकोट — रास्कोट इलाका प्रशासन कार्यालय स्थापना भएपछि सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन नेपाल टेलिकमले इन्टरनेट सेवा नियमित सञ्चालनका लागि ‘ब्याट्री ब्याकअप’ प्रणाली जडान गरेको छ। विद्युत आपूर्तिमा हुने अनियमितताका कारण अवरुद्ध हुँदै आएको अनलाइन सेवा अब नियमित हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय विद्युत कटौती तथा अनियमितताका कारण नेपाल टेलिकमको  रास्कोटमा रहेको फ्रोजी सेवा जडित टावरमा सेवा अवरूद्व हुने र जसका कारण ईलका प्रशासन कार्यालयका कामहरू नागरिकता, सिफारिस, राहदानी लगायतका अत्यावश्यक अनलाइन प्रणालिका सेवामा समस्या हुँदै आएको थियो। नगर सरकार र प्रमुख जिल्ला अधिकारीको पहलपछि नेपाल टेलिकमले तत्काल ब्याकअप प्रणाली व्यवस्थापन गरेको हो।

टावरमा ब्याकअप नहुदा बिधुत अबरूद्व भएका बेला राष्कोट क्षेत्रभरीनै ईमेल ईन्टरनेट बन्दहुने गरकाले अव समस्या सामाधान भएको छ ।

इलाका प्रशासन कार्यालय रास्कोटका प्रमुख नमराज बमले विद्युत अवरोधका कारण सेवा प्रवाहमा देखिएको समस्या अब धेरै हदसम्म समाधान हुने बताउनुभयो। उहाँका अनुसार ब्याट्री ब्याकअप जडानसँगै सेवाग्राहीले नियमित र छिटो सेवा पाउनेछन्।

नेपाल टेलिकम कालिकोटका कार्यालय प्रमुख प्रेम बिष्टले विद्युत अवरोध हुँदा इन्टरनेट सेवा प्रभावित हुने समस्या समाधानका लागि ब्याट्री ब्याकअप प्रभावकारी हुने बताउनुभयो। उहाँले अब सेवाग्राहीले नागरिकता, सिफारिस, राहदानी लगायतका सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व भएको बताउँदै आगामी दिनमा सरकारी सेवा प्रवाहलाई थप प्रविधिमैत्री र व्यवस्थित बनाइने बताउनुभयो।

स्थानीय तह, प्रशासन कार्यालय र नेपाल टेलिकमबीचको समन्वयमा गरिएको यस व्यवस्थाले रास्कोट क्षेत्रका सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !