रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

मोहन्याल गाउँपालिकाअध्यक्षज्यूद्वारा ५० प्रतिशत अनुदानमा मिनी पावर टिलर वितरण

कालिकोट- मोहन्याल गाउँपालिका ले कृषिमा आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यसहित चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनी पावर टिलर वितरण सुरु गरेको छ। गाउँपालिकाभित्रका १९ जना कृषकलाई वितरण गरिने कार्यक्रम अन्तर्गत आज वडा नं. १ चायाभाबरमा ७ जना कृषकलाई गाउपालिका अध्यक्ष देबिदत्त उपाध्याय(हिमशिखर) ज्यूद्वारा मिनी पावर टिलर हस्तान्तरण गरिएको हो।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कृषि शाखाका कर्मचारी, स्थानीय कृषक तथा सरोकारवालाको सहभागिता रहेको थियो। वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रतिनिधिहरुले कृषकलाई परम्परागत खेती प्रणालीबाट आधुनिक कृषि प्रविधितर्फ उन्मुख गराउने लक्ष्यसहित अनुदान कार्यक्रम सञ्चालन गरिएको बताएका छन्। कृषि क्षेत्रमा श्रम, समय तथा लागत घटाउँदै उत्पादन वृद्धि गर्न यस्ता उपकरण प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
मिनी पावर टिलर प्राप्त गरेपछि स्थानीय कृषकहरुले खेतीपातीमा सहज हुने बताएका छन्। विशेषगरी जोताइ, गोडमेल तथा अन्य कृषि कार्यमा समय बचत हुने र उत्पादन बढाउन मद्दत पुग्ने कृषकहरुको भनाइ रहेको छ। गाउँपालिकाले कृषकको आयस्तर वृद्धि र व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
आज वितरण हुन बाँकी रहेका अन्य कृषकहरुलाई भने गाउँपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी क्रमशः मिनी पावर टिलर वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ। कृषिमा यान्त्रीकरणमार्फत आत्मनिर्भर कृषि प्रणाली विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले विभिन्न कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

समचारका लागि टिकाराज उपाध्याय(आफन्त) कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !