रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

राष्ट्रिय स्वतन्त्र पार्टी कालीकोटको प्रथम जिल्ला अधिवेशन सुरू

कालीकोट, जेठ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालीकोटको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन शनिबार सदरमुकाम मान्मस्थित चन्द्रसूर्य गेस्ट हाउसमा सम्पन्न भएको छ। कालीकोटको नयाँ संकल्प, सुशासन र समृद्धिको विकल्प भन्ने मूल नारासहित आयोजित अधिवेशनले पार्टी संगठन विस्तार, नेतृत्व चयन तथा सुशासन र समृद्धिका एजेन्डालाई थप सशक्त बनाउने उद्देश्य  सहित नया नेतृत्व चयन गर्ने जनाएको छ।

जिल्लाका विभिन्न गाउँ तथा वडाहरूमा अधिवेशन सम्पन्न गरी संगठन विस्तार गरेको रास्वपाले पहिलो पटक जिल्ला अधिवेशन आयोजना गरेको हो। अधिवेशन रास्वपा कालीकोटका जिल्ला संयोजक प्रेम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा रास्वपा नेतृ तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौडेल सहभागी हुनुभएको थियो।

रास्वपाका केन्द्रिय सदस्य आसुतोस प्रधान लगाएत  नेताहरू र अधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेसका नेता सबिन बिष्टले राष्ट्रियता र विकासका सवालमा नयाँ र पुराना सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

राष्ट्रियता जोगाउन सबै दल एक नभए सत्तामा जो पुगे पनि राष्ट्रियता जोगाउन नसकिने बताए ।

पत्रकारहरूका तर्फवाट रेडियो प्रदेशआवजका अध्यक्ष रत्न कार्किले दुई तिहाई सिट जितेको रास्वपाले जनअपेक्षा अनुसार काम गर्न नसके  देश दुर्घटनामा पर्ने बताए ।

त्यसैगरी, रास्वपा कालीकोट प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का सभापति ध्वजबहादुर शाहीले समाजमा रहेका विभिन्न कुरीति र विकृतिविरुद्ध निरन्तर संघर्ष गर्दै जनचाहनाअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ नेतृत्व चयनसँगै आगामी निर्वाचनमा रास्वपाको प्रभावशाली उपस्थितिका लागि तयारी गरिने बताउनुभयो।

अधिवेशनमा रास्वपाका केन्द्रीय सदस्य आशुतोष प्रधानलगायत नेताहरूले पार्टीको संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

रास्वपाले कालीकोटमा आफ्नो संगठनलाई थप बलियो बनाउँदै जनताको अपेक्षाअनुरूप वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुने लक्ष्यसहित अधिवेशन बाट नया नेतृत्व छनोट  गर्ने  जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !