कालिकोट / मंगलबार र बिहिवारको भारी वर्षासहितको पहिरोले ठाउँ ठाउँका सडक बगाएपछि करिडोर अवरुद्ध भएको हो।
कालीकोटको सान्नित्रिवेणी १ र नरहरिनाथ १ मा पर्ने अदेरी खोलामा आएको बाढीपहिरोले खोलामा एक बर्ष अघि बनेको पक्कि पुल समेत बगाएको पछि सडक अवरुद्ध भएको हो ।सडक अबरूद्व भए पछि यात्रुलाई सास्ती भएको छ।
करिडोरको भौरेकुना, रेगिंल, कोट, आमतडालगायका ठाउँमा सडक अवरुद्ध भएको स्थानियले बताएका छन ।
अवरुद्ध सडकको पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक हिम बहादुरखत्रीले जानकारी दिए। मंगलबार बेलुकादेखि परेको वर्षाले सडक अवरुद्ध भएको र बिहिवार अपरान्ह पुन बाढी आएर सडक अबरूद्व भएको बताए। अहिले सडक खुलाउने काम चलिरहेको उनको भनाइ छ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोर अन्तर्गत खुलालुदेखि बाजुरा सीमास्थित लैफुसम्मकोसडकका दर्जनौ ठाउमा पहिरोले सडक अबरूद्व भएको छ ।
सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने बिरामी तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने नागरिकहरू थपसमस्यामा परेका छन्।
सडक मर्मत तथा अवरोध हटाउने कार्यमा सडक बिभागले आबश्यक पहल गर्न नसकेको गुनसो स्थानियको छ । सानो डोजर पठाए पनि त्यसले पहिरो हटाउन समय लाग्न भन्दै सम्बन्धित निकायको ध्यान पर्याप्त रूपमा नपुगेकोस्थानीयले गुनासो गरेका छन्।
कर्णाली करिडोर अबरूद्व भए पछि संघिय राजधानि काठमाण्डौ , नेपालगन्ज र सुर्खेत हुदै कालिकोट , मुगु बाजुरा र हुम्ला जाने सयौ सवारी सधान रोकिएका छन । त्यस क्षेत्रमा न खाने ठाउ छ न बस्ने कुनै बन्दोबस्त छ एक यात्रुले बताएका छन ।










