कालिकोट असार १० / कालिकोटमा पछिल्लो चरण बाघको संख्यामा बृद्वी भएको छ । पछिल्लो चरण बाघले दिउसोको समया समेत बस्तिमा आएर घरपालुवा पसुबस्तुमा सिकार गर्न थालेको छ । बुधवार बिहान रास्कोट सान्तिघाट क्षत्रमा बाघको आक्रमणबाट एक जना व्यक्ति घाइते भएका छन्। घरनजिकै रहेको बंगुरको खोरबाट बंगुर खान थाले पछि बाघ धपाउन खोज्दा बाघले मानिसलाई समेत आक्रमण गरेको हो ।
घाइते हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–४ माल्डाँडाका नेत्रराज शाही रहेका छन्। हाल शाही शान्तिघाटमा व्यापार व्यवसाय गर्दै बसोबास गरिरहेका छन्। उनले बङ्गुर पालनसँगै होटल व्यवसाय सञ्चालन गर्दै आएका छन्।
आज बिहान बाघले उनको खोरमा पसेर बङ्गुरको बच्चा आक्रमण गर्न खोजेको अवस्थामा बङ्गुर बचाउने प्रयास गर्दा शाहीमाथि बाघले आक्रमण गरेको बताइएको छ। आक्रमणबाट घाइते भएका शाहीको रास्कोट अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। स्थानीय प्रशासन तथा सम्बन्धित निकायले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।
यसैबीच, स्थानीयवासीलाई सतर्क रहन, एक्लै जंगल तथा सुनसान क्षेत्रमा नजान, पशुचौपायाको उचित सुरक्षा गर्न तथा बाघ देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।









