रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

फोर्स गाडी दुर्घटना स्थलमा भिरमा फेला परेका ब्यक्तिको पहिचाहन खुल्यो , कर्णालीमा खसेको गाडीको अवस्था अझै अज्ञात

दैलेख, असार १८ — सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना स्थलमा भिरमा अड्किएका भनिएका  ब्यक्ति कालिकोट पचालझरना ९ तिखार्तिका जोखे तिरूवा रहेको पुस्टि भएको छ । उनको मृत्यु भईसकेको जनाईएको छ ।  आज दिउँसो करिब १२:२५ बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको सांङलेतडा क्षेत्रमा दुर्घटनामा परेको  थियो ।

प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो। गाडी नदीमा डुबेको र हालसम्म पानीभित्र देखिन नसकेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ। थप खोज तथा उद्धारका लागि सुर्खेतबाट सशस्त्र प्रहरीको गोताखोर टोली समेत घटनास्थलतर्फ पठाइएको छ।

घटनास्थलमा भिरमा अड्किएका भनियका ब्यक्तिको भने पहिचाहान खुलेको छ ।   दुर्घटना स्थलमा  गम्भीर घाइते अवस्थामा नदी किनारको भीरमा फेला परेका  भनिएका ब्यक्ति कालिकोट पचालझरना ९ का जोखे  तिरूवा रहेको  पुस्टि भएको  पचालझरना ९ का वडा अध्यक्ष ललिजन शाहीले बताएका छन ।  उनको सव  उद्धार गरी प्रहरीले सडकमा ल्याईसकेको  छ ।

प्रहरीको प्रारम्भिक रिपोर्ट   अनुसार दुर्घटनाग्रस्त गाडीमा करिब १४ जना यात्रु सवार रहेको अपुष्ट जानकारी प्राप्त भएको समेत बताईएको छ। यात्रुको संख्या तथा क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

देउती–बुलबुले यातायातको उक्त फोर्स गाडीमा सुर्खेत काउन्टरबाट जारी गरिएको चलानीअनुसार कालिकोटको पचालझरना गाउँपालिका–९ का जोखे तिरुवा सवार रहेको समेत काउन्टर कर्मचारी धनगिरी भण्डाराले बताए ।

दुर्घटनास्थल पान्तडा प्रहरी चौकीबाट करिब ३ किलोमिटर उत्तर तथा दैलेख सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिम रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !