रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

दुर्घटनास्थल पुगे रास्कोटका नगर प्रमुख, पहिचान खुलेका पाँचमध्ये चार जना अझै बेपत्ता

कालीकोट। सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेख जिल्लाको पाल्तडा–साङ्गेतडा क्षेत्रमा कर्णाली नदीमा खसेपछि खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।

घटनापछि रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही नगर प्रहरी र बेपत्ता नागरिकका आफन्तसहित घटनास्थल पुगेका छन्। उनले नेपाल प्रहरी, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्। यसअघि नगरपालिकाले विज्ञप्ति जारी गरी उद्धार कार्यमा आवश्यक सबै संयन्त्र परिचालन गर्न माग गरेको थियो।

नेपाल प्रहरी, यातायात समिति तथा आफन्तजनसँगको समन्वयबाट प्राप्त पछिल्लो जानकारीअनुसार पचालझरना गाउँपालिका–९ का जोखे तिरुवा मृत घोषित भएका छन्। पहिचाहन खुलेका सवार  अन्य चार जना भने अझै बेपत्ता रहेका छन्।

हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिहरू मध्य सृजना खड्का, रास्कोट नगरपालिका २ / मेखे तिरुवा, पचालझरना गाउँपालिका–९/ रामु सुवेदी, सुर्खेत/ तुलाराम सुवेदी, सुर्खेत रहेका छन ।

सुरक्षा निकायले कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

यद्यपि, दुर्घटनाग्रस्त गाडीमा कति जना यात्रु सवार थिए भन्ने आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन। त्यसैले बेपत्ता तथा उद्धार गरिएका व्यक्तिको संख्या थप परिवर्तन हुन सक्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। घटनाबारे थप विवरण आउने क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !