कालिकोट । करिब ११ महिनासम्म कालिकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सम्हालेकागोकर्णराज सुयल सोमबार अध्यागमन विभागमा सरुवा भएसँगै जिल्लाबाट बिदाई हुनु भएको छ । बिदाइका क्रममा उहाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै नवआगन्तुक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई लाईजिम्मेवारी हस्तान्तरण गर्नु भएको छ ।
नेपालमा प्राय प्रमुख जिल्ला अधिकारीहरू सरुवा भएपछि नयाँ प्रजिअ आउनुअघि नै जिल्ला छाड्ने परम्परा रहे पनि सुयललेभने नयाँ प्रजिअलाई कार्यभारका अनुभव र सुझाव लिखितरूपमा औपचारिक रूपमा हस्तान्तरण गर्दै प्रशासनिक संस्कृतिमानयाँ अभ्यासको सुरुआत गर्नु भएको छ ।
कार्यकालभर सुयालले सुरक्षा, सेवा प्रवाह, समन्वय र सुशासनलाई प्राथमिकतामा राख्नु भएको थियो । देशभर Gen Z आन्दोलन का क्रममा विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको अवस्थामा कालिकोटमा भने सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र सरोकारवालासँग निरन्तर सहकार्य र समन्वय गर्दै कुनै मानवीय वा ठूलो भौतिक क्षति हुननदिएको उहाको उल्लेखनीय योगदान रहेको चर्चा छ ।
त्यसपछि सम्पन्न भएको आम निर्वाचन समेत कालिकोटमा शान्तिपूर्ण, निष्पक्ष र विवादरहित रूपमा सम्पन्न गराउन उहाको भुमिका प्रभावकारी रहेको स्थानीयहरू बताउँछन्।
सडक अवरुद्ध हुने, दुर्घटना हुने वा अन्य आकस्मिक घटना घट्नेबित्तिकै उनी स्वयं सुरक्षा निकायसँग घटनास्थलमा पुगेरउद्धार, व्यवस्थापन र सहजीकरणमा सक्रिय रहने गर्नु भएका पर्ने प्रजिअ सुयलले कार्यसम्पादनका निकै प्रभाकारी कदम चाल्नु भएको थियो । प्रशासनिक सेवा प्रवाहलाई पनि उहाले नागरिकमैत्री बनाउने प्रयास गर्नु भयो । विगतमा एउटै सेवाका लागिप्रशासन कार्यालयका विभिन्न शाखा र झ्याल धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै एकै फ्लोरबाट सेवा प्रवाह गर्ने व्यवस्था लागूगरेपछि सेवाग्राहीलाई सहजता भएको र कर्मचारीहरूको कार्यसम्पादनसमेत व्यवस्थित भएको बताइन्छ।
त्यस्तै, जिल्लामा हुने गतिविधिबारे नियमित सूचना अद्यावधिक गर्ने, कुनै घटना भए तत्काल समन्वयमार्फत समाधान खोज्नेतथा सरकारी कार्यालयहरूमा सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाउन पहल गर्ने कामलाई पनि उहाले अगुवा रसरता र निरन्तरता दिनु भएको थियो ।
बिदाइका अवसरमा सार्वजनिक गरेको सन्देशमा सुयलले ११ महिनाको बसाइलाई आफ्नो जीवनको महत्वपूर्ण सिकाइकोसमय भएको उल्लेख गर्दै गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार, जनप्रतिनिधि, स्थानीय तह, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी, गैरसरकारी संस्था, उद्यमी–व्यवसायी तथा सम्पूर्ण जिल्लावासीप्रति आभार व्यक्त गर्नु भयको छ ।
उहाले बिदाई हुदै लेख्नु भएको छ सबैको अपार माया, सहयोगले कालिकोट जिल्ला नै मेरा लागि घर बन्यो र यहाँका नागरिकपरिवारका सदस्य बने। सरकारी जिम्मेवारीले जहाँ पुगे पनि कालिकोट मेरो मन–मुटुमा सधैं रहिरहनेछ। उनले लेखेका छन ।सबैको जय होस्, सबैको कल्याण होस्।
प्रमुख जिल्ला अधिकारी सुयलको कार्यशैली, समन्वय क्षमता र नागरिकमैत्री प्रशासनिक अभ्यासका कारण उहाको कार्यकाललाई कालिकोटमा सकारात्मक रूपमा स्मरण गरिएको छ। अब जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीउपसचिव झविलाल भट्टराई ले सम्हाल्नु भएको छ
।










