रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णालीमा मन्त्री बन्न नेकपाभित्र तीव्र दौडधुप, नयाँ अनुहारलाई अवसर दिन दवाव

     सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएसँगै पार्टीभित्र मन्त्री बन्ने आकांक्षा तीव्र बनेको छ। सत्ता साझेदार एमालेसँगको सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित दुई मन्त्री मात्रै पाउने भएपछि सीमित अवसरका लागि नसंसदहरूबिच तिव्र प्रतिस्पर्धा चर्किएको हो।

पार्टी स्रोतका अनुसार यसअघि मन्त्री बनेका नेताहरूको पुनरावृत्ति गर्ने सम्भावना कम छ। सरकारमा नयाँ अनुहारलाई अवसर दिँदा पार्टीभित्र सकारात्मक सन्देश जाने र सांसदहरूको असन्तुष्टि पनि कम हुने निष्कर्षमा नेतृत्व पुगेको बताइएको छ। त्यसैले यसअघि अवसर नपाएका सांसदलाई प्राथमिकता दिने विषयमा पार्टीभित्र छलफल भइरहेको छ।

नेकपाका १४ प्रदेशसभा सदस्यमध्ये अधिकांशले मन्त्री वा अन्य जिम्मेवारी पाइसकेका छन्। तर केही सांसदले अहिलेसम्म सरकारमा सहभागी हुने अवसर नपाएकाले यसपटक उनीहरूलाई प्राथमिकता दिनुपर्ने आवाज चर्कोरूपमा उठिरहेको छ। केही नेताले छ, छ महिनाको आलोपालो प्रणाली लागू गरेर भए पनि  सबैलाई अवसर दिनुपर्ने प्रस्तावसमेत संसदीय दलमा अघि सारेका छन्।

मुख्यमन्त्रीका लागि नेकपाबाट मंगलबहादुर शाहीले दाबी प्रस्तुत गरिरहेका छन्। यद्यपि पूर्व अर्थमन्त्री बिन्दमान विष्ट र कृष्णबहादुर जिसी र  पुर्व एकिकृत समाजवादी ख्यामाकी सांसद कल्याणी खड्काले  पनि मुख्यमन्त्रीको दाबी पस्तुत गरिरहेको समाचार बाहिरीएका  छन्। यद्यपि समाचार तयार पार्दासम्म औपचारिक रूपमा उम्मेदवारी दर्ता  भने भएको छैन।

यसअघि मन्त्री बनेका रणसिंह परियार, उर्मिला विश्वकर्मा, वीरबहादुर शाही, कृष्णबहादुर जिसी, भीप्रकाश शर्मा, दुर्गाबहादुर रावत र महेन्द्र केसीमध्ये केहीले पुनः सरकारमा जाने इच्छा व्यक्त गरे पनि उनीहरूको सम्भावना कमजोर रहेको पार्टी  स्रोतको दाबी छ। पार्टीले महिला, जनजाति, आदिवासी तथा नयाँ अनुहारलाई सरकारमा समेटेर समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी गरेको बताइएको छ।

पुर्व एकीकृत समाजवादीबाट समानुपातिक सांसद कल्याणी खड्काले पनि महिला नेतृत्वको आवश्यकता औँल्याउँदै मुख्यमन्त्रीमा दाबी गरिरहेकी छन्।

यता हुम्लाकी सांसद जुम्कित लामाले पटक–पटक एउटै व्यक्तिलाई मन्त्री बनाउँदा अवसर नपाएका सांसदको मनोबल कमजोर हुने भन्दै नयाँ अनुहारलाई जिम्मेवारी दिनुपर्ने धारणा सार्वजनिक गरेकी छन्। उनले हुम्ला जिल्ला पार्टीले समेत यही विषयमा पार्टी केन्द्र र प्रदेश समितिलाई निर्णयसहित राय समेत पठाईसकेको  बुझिएको छ । हुम्ला जिल्लाको भोट क्षेत्रको प्रतिनिधित्व गर्ने जुम्कित लामालाई मन्त्रि बनाउन हुम्ला पार्टीले ओैपचारिक निर्णय समेत गरि पठाएको बुझिएको छ ।

नेकपा कर्णाली प्रदेश अध्यक्ष विमला केसीले सरकारमा सहभागी हुनेहरूको छनोट निश्चित मापदण्डका आधारमा हुने  तर अहिले दुइदल बिच सरकार गठनकै छलफल चलिरहेकाले कुन मन्त्री कुन दलललाई दिने भन्ने कुरा नटुगिएको बताईन उनका अनुसार यसअघि मन्त्री भएकाहरूको कार्यसम्पादन, अवसर नपाएकाहरूलाई प्राथमिकता र समावेशी प्रतिनिधित्वलाई आधार बनाएर पाउने मन्त्रालय हेरी  अन्तिम निर्णय लिने बताईन  

उपसभामुख यसुदा न्यौपानेको नाम पनि मन्त्री बन्ने चर्चामा अग्रस्थानमा छ। पार्टी स्रोतका अनुसार अघिल्लो पटक मन्त्री बन्ने सम्भावना टरेपछि उनलाई उपसभामुख बनाइएको थियो। अहिले भने उनी उपसभामुख पदबाट राजीनामा दिएर सरकारमा सहभागी हुने तयारीमा रहेको चर्चा छ।

यसैबीच न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा द्वन्द्वकालीन एउटा तस्बिर सार्वजनिक गर्दै यही इतिहास बोकेर आएकोले होला, झुटको खेती गर्न कहिल्यै आएन। भन्ने स्टाटस लेखेकी छन्। पार्टीभित्र यसलाई वर्तमान राजनीतिक सन्दर्भसँग जोडेर पनि हेरिएको छ।

कर्णालीमा नयाँ सरकार गठनको अन्तिम तयारी भइरहेका बेला मन्त्री पदका लागि देखिएको तीव्र आकांक्षा र आन्तरिक प्रतिस्पर्धाले नेकपाभित्र अवसर वितरणको विषयलाई सबैभन्दा पेचिलो राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !