रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

गरिमा चौधरीमाथि भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन

काठमाडौँ — तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्या घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै  काठमाण्डौमा छोरीहरू आन्दोलित भएका छन । छोरी बचाऊ अभियान नाम दिएको प्रदशनमा बालिकाहरूले  चर्का नारा लगाउदै विरोध प्रदर्शन गरेको छन ।

छोरी बचाउ अभियानद्वारा आयोजित विरोध प्रदर्शनमा गरिमा चौधरीमाथि भएको घटनाको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिन माग गरिएको थियो।

कार्यक्रमको कालिकोटबाट राजधानिमा बसोबास गर्ने बालिकाहरू  सदिक्षा सेजुवाल, स्मिता कार्की, रविना दाहाल र मनीषा बुढाथोकीले नेतृत्व  गरेका थिए। विरोध कार्यक्रममा पूर्व माननीय छिरिङ लामा तथा सामाजिक अभियन्ता बसन्ता भण्डारीलगायतको सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूले बालिका तथा महिलामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनामा राज्यले प्रभावकारी रूपमा अनुसन्धान गरी पीडितलाई न्याय र दोषीलाई कडा सजाय सुनिश्चित गर्नुपर्ने माग गरेका थिए।

गरिमा चौधरीको केही दिनअघि बलात्कारपछि हत्या भएको घटनाले समाजमा बालिका तथा महिलाको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको भन्दै सहभागीहरूले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कानुनी तथा सामाजिक पहल आवश्यक रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !