कालिकोट । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रास्कोट नगरपालिकाका जनप्रतिनिधिले आफ्नो सेवा–सुविधा कटौती गरी ३ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।
२०८३ भदौ १० गते बुधबार बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा कैयौँ परिवार विस्थापित भएको घटनाप्रति रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले एक बिज्ञप्ती निकाली रास्कोटका जनप्रतिनिधिहरूका तर्फवाट दुःख व्यक्त गरेका छन्।
केही स्थानियतहले संघिय सरकारले अनुदान दिने रकमवाटै कटौति गरि बाडिपिडितलाई राहात रकम जम्मा गरेको बिहज्ञप्ती निकालि आफ्नो खल्तिको रकम सहयोग गरेकोझै गरेको भनि आलोचना भईरहेका बेला रास्कोट नगरपालिकाका मेयर र उपमेयरले एक–एक महिनाको सेवा–सुविधा तथा वडाध्यक्ष, वडा सदस्यलगायत अन्य जनप्रतिनिधिले १५ दिन बराबरको सेवा–सुविधा कटौती गरी जम्मा रु. ३ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन ।
रास्कोट नगरपालिकाका मेयर/उपमेयर तथा जनप्रतिनिधिहरूले विपत्तिमा परेका नागरिकको दुःखलाई आफ्नो दुःखका रूपमा लिँदै सामाजिक उत्तरदायित्व र मानवीय एकताको भावनासहित सहयोग गर्ने निर्णय गरेको जनाएका छन्।
नगरपालिकाले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बाढी प्रभावित नागरिकको सुरक्षित जीवनको कामना गरेको छ।
नगरपालिकाका जनप्रतिनिधिले आर्थिक रूपमा सहयोग रकम सानो भए पनि यसमा जोडिएको मानवीय भावना, सहानुभूति र ऐक्यबद्धता महत्वपूर्ण रहेको बताएका छन्। विपत्तिमा परेका नागरिकलाई उद्धार तथा राहतमा सहयोग पुर्याउनुका साथै पीडित परिवारलाई आफूहरू एक्लो नभएको अनुभूति गराउने उद्देश्यले सहयोग गरिएको उनीहरूको भनाइ छ।
अहिले सरकारले राहातको लागी सहयोग आवाहान गरेसंगै देसीबिदेसी , गैरसरकारी निकाय र ब्यक्तिगतरकम सहयोग भईरहेको छ । कालिकोटको खाडाचक्रका कर्मचारीले
रास्कोट नगरपालिकाले बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विपद्को समयमा राज्य, स्थानीय तह र नागरिक समाजबीच सहकार्य र सहयोग आवश्यक रहेको जनाएको










