रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रसुवा बाढीपीडितका लागि नेकपा कर्णाली प्रदेश संसदीय दलले ३ लाख ३१ हजार सहयोग गर्ने

 

सुर्खेत — रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले ३ लाख ३१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बुधबार बसेको संसदीय दलको बैठकले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

नेकपा कर्णाली प्रदेश संसदीय दलका सांसद रणसिंह परियारले बैठकले रसुवा बाढीपीडितका लागि ३ लाख ३१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार विपद्को समयमा पीडित नागरिकको राहत र पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !