रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

बजेट कार्यान्वयनमा कालीकोट सामाजिक विकास कार्यालय पहिलो, विद्यालय भवन निर्माण प्रक्रिया अघि बढ्यो

बजेट कार्यान्वयनमा कालीकोट सामाजिक विकास कार्यालयले पहिलो चौमासिकमै बजेट चालु आवको बजेट कार्यान्वयन अगाडि बढेको छ ।  चालु आवको पहिलो चौमासिमा चालु आवमा बिनियोजित बिद्यालय   भवन निर्माण प्रक्रिया अघि बढाएको छ  । चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई तीव्रता दिँदै सामाजिक विकास कार्यालय कालीकोट जिल्लाका सरकारी कार्यालयमध्ये बजेट कार्यान्वयनमा पहिलो कार्यालय बनेको छ। कार्यालय प्रमुख अबिराज शाहीको नेतृत्वमा कार्यालयले बजेट कार्यान्वयनसँगै योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको हो। सामाजिक विकास कार्यालय यसअघि आर्थिक वर्ष २०८२/८३ मा पनि कार्यसम्पादन मूल्यांकनमा जिल्लामै पहिलो भएको थियो। लगातार कार्यसम्पादनमा अग्रस्थान हासिल गरेको कार्यालयले चालु आर्थिक वर्षमा पनि योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को विद्युतीय खरिद प्रणाली e-GP मा सुरक्षा जोखिम देखिएपछि प्रणाली सुधार तथा मर्मतसम्भार भइरहेको र अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन प्रणाली स्थगन गरिएको छ। सोही निर्देशनअनुसार सामाजिक विकास कार्यालयले हाललाई Hard Copy (कागजी माध्यम) बाटै खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसअन्तर्गत कालीकोटका नरहरिनाथ, सान्नित्रिवेणी, रास्कोट र पचालझरनाका विभिन्न विद्यालयमा दुई तथा चार कोठे भवन निर्माणका योजना अघि बढाइएका छन्। योजनाअनुसार रास्कोट नगरपालिका–१ रामपुरस्थित सुन्दर आधारभूत विद्यालयको चार कोठे भवन निर्माणका लागि रु. ५१ लाख ८० हजार ६४४ तथा नरहरिनाथ गाउँपालिका–४ लाहास्थित रामचन्द्र आधारभूत विद्यालयको दुई कोठे भवनका लागि रु. ६८ लाख १९ हजार ८६४ लागत अनुमान गरिएको छ। त्यस्तै नरहरिनाथ–९ लालुको शान्ति आधारभूत विद्यालयका लागि रु. ४३ लाख १९ हजार ८६०, पचालझरना–५ खिनास्थित कर्णाली माध्यमिक विद्यालयका लागि रु. ४३ लाख १७ हजार ७१ र सान्नित्रिवेणी–३ लुयाटस्थित विद्याज्योति माध्यमिक विद्यालयका लागि रु. ३४ लाख ५५ हजार २० लागत अनुमान गरिएको छ। यस्तै, सान्नित्रिवेणी–६ बुढागाउँस्थित सरस्वती माध्यमिक विद्यालयका लागि रु. ३८ लाख ८६ हजार ५३० र नरहरिनाथ–४ गोठिमुलस्थित विश्वकुना माध्यमिक विद्यालयका लागि रु. ३४ लाख ५५ हजार १३९ लागत अनुमान गरिएको कार्यालयले जनाएको छ। लगातार दुई आर्थिक वर्षमा कार्यसम्पादन र बजेट कार्यान्वयनमा अग्रस्थान हासिल गरेसँगै सामाजिक विकास कार्यालयले शिक्षा क्षेत्रका पूर्वाधार निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !