कालिकोटको सान्नित्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि शैक्षिक बहस सुरु गरेको छ। शैक्षिक बहस गाउपालिका केन्द्र मेहेलमुडीमा आईतवार सुरू भएको हो । र यहाँका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न नयाँ पहल लिने उधेश्यले बहस सुरू गरिएको हो ।
सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस तथा अन्तरक्रिया सुरू गरिएको बताए ।
सामुदायिक विद्यालयलाई लक्षित गरी शैक्षिक बहस सञ्चालन गरिएको उहाको भनाई छ ।शैक्षिक बहसमा पालिकाका जनप्रतिनिधि वडाभित्रका राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी र आम नागरिकअगुवाहरू सहभागि रहेका छन ।
सामुदायिक विद्यालयमा राज्यको करोडौँ रुपैयाँ लगानी हुन्छ तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ। कतिपय कक्षा रित्तो बन्ने अवस्थामा छन्। शैक्षिक गुणस्तर नभएका कारण बिद्यार्थि सहर र सदरमुकाममा जान बाध्य छन । बाँकी विद्यार्थीलाई गाउँमै रोक्ने वातावरण बन्न सकेन भनेर गुनासो आईरहेकाले आगामि वर्षमा विद्यालय नै रित्तो बन्ने अवस्था रहेकाले शैक्षिक सरोकारवाला जुट्नु पर्ने बेला आएको अध्यक्ष केसीले बताए।
आवश्यकताका आधारमा विद्यालय मर्ज गर्ने, शिक्षक काज सरूवा गर्ने गत शैक्षिक सत्रको शैक्षिक उपलब्धिको समिक्षा गर्ने, परिक्षा प्रणालीमा सुधार गर्ने शैक्षिक गुणस्तरलाई प्राथामिकता दिने ल उद्देश्यले शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष केसीले बताए ।
विद्यालयको नियमन, अनुगमन, आवश्यकताका आधारमा मर्ज, नियमअनुसार नचलेका विद्यालयलाई दण्डित गर्ने र शैक्षिक गुणस्तरका सवालमा पालिकामा निर्णय लिन सजिलोहोस भनेर शैक्षिक गोष्ठि आयोजना गर्न लागेको र आगामि दिनमा शैक्षिक सुधार हुने बताईएको छ । कार्यसम्पादनका आधारमा विद्यालयलाई पुरस्कृत र दण्डित गर्नुपर्ने, शिक्षकको काज सरूवा गर्नु पर्ने आवासीय बिद्यालयको ब्यवस्थापन र पुरक कक्षाको ब्यवस्थापन गर्नु पर्ने सुझाव दिएका छन ।।
शैक्षिक गोष्ठीमा सहभागी शिक्षक प्रतिनिधिहरूले लगानि अभावमा गुज्रेका सामुदायीक बिद्यालयमा सरकारी लगानिका लागी ध्यान केन्द्रित हुन नसकेको बताएका छन । प्रर्याप्त शैक्षिक सामग्री अभावले अतिरिक्त क्रियाकलाप हुन नसकेको शिक्षकहरू बताउछन ।










