रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

राष्ट्रिय धान दिवस, २०८२ मा कांग्रेसको भातृ संगठन किसान महासंघको ब्यानर राखे पछि

राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा देसभर बिभिन्न कार्यक्रम गरि कृषी सम्बद्व निकायले बिभित कार्यक्रम गरि मनाएका छन ।
कालिकोटमा धानदिवस मनाउन पुगेका सरोकारवालाले ,फोटो शेषन गरेर मनाएको देेखिन्छ । फोटोमा नेकपा माओबादी केन्द्रवाट जिल्ला समन्वय समिति उप प्रमुख बनेेकी मिना रावत ( बिक ) प्रमुख अथिति थिईन भने , माओवादीकै केन्द्रिय सदस्य गंगा खड्का बोगटी देखि उच्चस्तरका सरकारी कार्यालयका प्रमुखहरू पनि सहभागी थिय ।
जिल्लामा कृषि मन्त्रालयको निर्देशनमा जिल्ला स्थित कृषि बिकास कार्यालयले मनाउउदै आएको राष्ट्रियधान दिवस यो वर्ष भने कालिकोटमा सत्तारूढदल नेपाली कांग्रेसको भातृसंघगठन नेपाल किसान महासंघको ब्यानरमा मनाएको देखिएको छ ।
स्थानिय स्तरमा पालिका सरकारले पनि आफ्नै सरकारी ब्यानरमा धान दिवस मनाएका छन । तर सदरमुकामको बर्षेनि धान दिवस मनाउदै आएको कृषि बिकास कार्यालयले यस बर्ष कांग्रेस निकट मानिएको किसान महासंघको ब्यानर साथमा राखेर धान दिवस मनाए पछी आयोजक जिल्ला कृषि बिकास कार्यालयको भुमिका प्रति प्रश्नचिन्ह खडा भएको छ । उसो त धान दिवस मनाउन पुगेका अन्य सरकारी कार्यालय देखि जनप्रतिनिधि र सरकारी निकायको भुमिका प्रति पनि राजनितिक पार्टीको झण्डा र ब्यानरमा राष्ट्रिय दिवस मनाउनु गलत भएको टिप्पणी गर्दै कृषी बिकास कार्यालयको भुमिकामा प्रति कांग्रेस बाहेक अन्यदल तथा फरक आस्थाका ब्यक्तिहरूले टिप्पणी गरेका छन ।
खाडाचक्र नगरपालिकाको वडा नं ३ ताडीमा रहेको एक स्थानिय किसानको खेतमा धान दिवस मनाउन गएका कालिकोटका सरोकारवालाले जिल्ला कृषि बिकास कार्यालयको लोगो अंकित टिसर्ट लगाएर हिलो छ्यापी फोटो सेशन गरेको देखिन्छ । सोही खेतमा कृषि बिकास कार्यालय आयोजक लेखिएको ब्यानर देखिन्छ भने सोही स्थानमा नेपाली कांग्रेसको चारतारे झण्डा अंकित कांग्रेसको भातृसंस्था किसान महासंघको ब्यानर देखिन्छ ।
वि सं २०६१ सालदेखि प्रत्येक वर्ष आषाढ १५ गते लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन शुरू गरिएको हो । यस वर्ष ‘‘धान वालीमा सघनता: खाद्य सुरक्षा र आत्म निर्भरता’’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइएको हो ।
नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरि धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्ने उद्देश्यले धान दिवस मनाउन थालिय पनि धान दिवस मासु चिउरा खाने सरकारी बजेट खर्चेर मनोरञ्जनका रूपमा लिएको भन्दै आलोचना हुन थालेको छ ।
नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धान खेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवम् पर्यटकीय महत्त्व पनि राख्दछ । विश्‍वव्यापी जलवायु परिवर्तनले धान खेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवम् उत्पादकत्व बढाउँदै धानवालीको विविधीकरण गर्नुपर्ने भए पनि यस तर्फ ध्यान केन्द्रित नगरी सरोकारवालाको मनोरञजनको साधान बनेको भन्दै किसानको लेवलवाट बिरोध हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !