रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोटमा वृहत विद्यालय सुरक्षाको न्यूनतम मापदण्ड सम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

कालिकोटको रास्कोट नगरपालिकामा वृहत विद्यालय सुरक्षाको न्युनतम मापदण्ड सम्बन्धी ५ दिने क्षमता विकास तालिम युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र ( स्याक) नेपालको समन्वय र रास्कोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको हो।
˝गुणस्तरीय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा बजेट व्यवस्थापनका लागि स्थानिय तहको क्षमता सवलीकरण कार्यक्रमʺ अन्तर्गत विद्यालय स्तरिय व्यवस्थापन समिति भित्रका वृहत विद्यालय सुरक्षा सम्पर्क शिक्षकहरुका लागि वृहत विद्यालय सुरक्षा न्युनतम मापदण्ड सम्बन्धी क्षमता विकास तालिम सम्पन्न थियो।
तालिम रास्कोट नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शाहीको अध्यक्षता र नगर उपप्रमुख मनिराज बरालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।प्रकोप तथा विपदको अवस्थाका कारण र प्रभाव बारे जानकारी दिने, जोखिम पहिचानका विधि र ओजार बारे जानकारी दिने तथा शिक्षा क्षेत्रमा जलवायू परिवर्तको असर र प्रभाव बारे सम्पर्क शिक्षकलाई प्रशिक्षण गराउने उद्देश्यले तालिमको आयोजना गरिएको समाज जागरण केन्द्र स्याक नेपालका शिक्षा अधिकृत ध्रुबनाथ योगीले जानकारी दिनुभयो।
उहाँका अनुसार हरित विद्यालय र जलवायू परिवर्तन अनुकुलन र न्यूनिकरणका कार्यहरु, वृहत विद्यालय सुरक्षा सम्बन्धी नीतिगत र कानुनी प्रवधान बारे जानकारी दिने र विद्यालय सुरक्षा योजना तथा वार्षिक कार्यतालिका र अन्य योजनामा एकिकरण गर्नु तालिमको उद्देश्य रहेको छ।
कार्यक्रममा सहभागी शिक्षक मोतिराम माध्यामिक विद्यालय सेराचौरका शिक्षक धर्मसिं नाथ योगीले तालिममा वृहत विद्यालय सुरक्षा सम्बन्धी कार्ययोजन अनुसार आफ्नो विद्यालयमा भुकम्पीय कृतिम घटना सम्बन्धी नमुना अभ्यास साथै विद्यालयमा आइपर्ने विभिन्न प्रकारका जोखिम न्यूनिकरण सम्बन्धी ज्ञान हासिल गरेको बताउनु भयो। रास्कोट नगरपालिका शिक्षा श्रोत व्यक्ति लक्ष्मि प्रसाद बराल, बालविकास संयोजक राजु कुमारी शाही लगायत १५ विद्यालयका वृहत विद्यालय सुरक्षा सम्पर्क शिक्षकहरुको सहभागिता थियो भने तालिमको प्रशिक्षण गंगाराम दाहलले गर्नु भएको थियो ।

तस्बिर: टिकाराज उपाध्याय(आफन्त)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !