कालिकोट / रास्कोट नगरपालिका वडा नं ४ कर्णाली टोलका एक ७मा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ। करबिरे सार्किका ७ वर्षीय छोरा दिउँसो घर नजिकै खेलिरहेको अवस्थामा अरिङ्गालले टोके पछि प्राथमिक स्वास्थ्य चौकीमाउपचार पछि थप उपचारका लागि रास्कोट अस्पताल लगिएको थियो ।अस्पतालमा उपचारका क्रममा ज्यान गएको रास्कोट वडा नं ४ का वडा अध्यक्ष दिनेश सन्ज्यालले रेडियो प्रदेश आवाजलाई बताए ।
अरिङ्गालको टोकाइबाट घाईते बालक सार्किको शरीरका विभिन्न भागमा टोके पछि शक्त अवस्थामाउनलाई अस्पताल पुर्याईएको हो ।घाइते बालक बेहोस अवस्थामा अस्पताल पुर्याईएको र उनको ज्यान बचाउन असफल भएको अस्पतालले बताएको छ ।










