रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

पृथ्वी बमको ८४ ओैं पूजामा आफू स्थायी भई अध्यापन गरेको विद्यालयमा २ लाख ५५ रूपैयाँ अक्षयकोष स्थापना

      कालिकोट / कर्णाली पहिलो स्थायी शिक्षक  पृथ्वी बहादुर बमको ८४ वर्ष पूजा उहाँको पुर्खेउली घर कालिकोटको  रास्कोट नगरपालिका वडा नं ५ रानागाउँमा शनिबार सम्पन्न भएको छ । उहाँको पूजामा उहाँका सन्ततिहरूले उहाँले सुरुमा अध्यापन गराएको स्कुल रास्कोटको मोतिराम माध्यमिक विद्यालय जेहन्दार बालबलिकालाई ब्याजबाट वार्षिक छात्रबृति दिने गरी २ लाख ५५ रूपैयाको अक्षय कोष  घोषणा गरिएको छ । राणाकालिन ब्यवस्थामा राईटर ,प्रधान ,उपप्रधान र मुखिया जस्ता राजकाजका पदहरू हुन्थे सोहीबेला  राईटर परिवारमा जन्मेका पृथ्वी बम एक इमान्दार कर्तब्यनिष्ठ एक कुशल समाजसेबि बुद्विजिवी हुन् । तर तत्कालिन  राणाकालमा  २०९९ सालमा  राईटर परिवारमा  जन्मेर शिक्षक पेसामा गुरूकुल विद्या आर्जन  गरी बझाङ पुगेर कक्षा ७ मा अध्ययन गरेरको बमले ८४ पूजामा  पुगेका आफन्तलाई अनुभव सुनाउनु भयो ।काठमाण्डौंको  जुद्वदय हाइस्कुलमा  एसएल्सि पास गरी फर्के पछि  कालिकोटको पहिलो स्कुल साबिकको स्युना  गाबिसको सिमसेरामा  अध्यापन गराउनु भएको  बताउनु हुन्छ  । कर्णाली जस्तो क्षेत्रमा गुरूकुल शिक्षाका शिक्षक भएर गरिबका  छोरा छोरी शिक्षित बनाउने पेशा रोजेका पृथ्वी बहादुर बम एक ईमान्दार र कर्तब्यनिष्ट शिक्षकका रूपमा चिनिन्छन् । २०९९ साल असोज ७ गते बुवा मनरूप बमआमा उज्जला बम का जेष्ठ छोराकारूपमा जन्मेका पृथ्वी बहादुर बमले  प्रारम्भिक शिक्षा हाल रास्कोट अस्पतालमा रहको गौतु  स्थित  एक  चौतारमा  गर्नु भएको हो । सान्नि रास्कोटबाट कर्र्णालीकै  पहिलो स्थायी शिक्षक बम घरवाट लुकेर बझाकोभोपुरमा दुइ  बर्ष  अध्यन गरे पछि ७ कक्षा पास गरेका थिय । त्यस पछि काठमाण्डौको जुद्वदय पप्लिक हाईस्कुलमा  एस एल सी पास गर्नु भएको स्मरण सुनाउनु भयो । बम २०२४ सालमा सिमसेरामा अस्थायी शिक्षक  भई दुई महिना अध्यापन गराउनु भयो ।  मासिक ३० रूपैयामा अध्यापन गराउनु भएको  स्मरण  सुनाउनु भयो ।  त्यस पछि कालिकोटको सिफ्खाना स्थित मोतिराम प्राबिमा ५० रूपैया तलव सुबिधा लिएर स्थायी  हुन भएका बम । मोतिराममा  ३६ सालमा स्थायी शिक्षक हुनु भएका बम मिलनसार स्वभावको  हुनुहुन्छ । सानै देखि अरूको दवदवा सहन नसक्ने र बिद्रोह गरिहाल्ने स्वाभावका  पृथ्वी बहादुर  बम, पुन आफ्नै गाउँ कालसिल्ला सिरूपाटा प्राबिमा प्रधानाध्यापकका रूपमा सरूवा   भइ आउनु भयो त्यहा  स्थानिय बिद्यालय ब्यवस्थापन समितिसंग विवाद हुदा जागिर राजिनामा दिएर  कृषि र ब्यपारतिर लाग्नु भएका बम आफू पनि सानै उमेर देखी ब्यवारि हुनुहुन्छ । तत्कालिन राजनितिक ब्यवस्थाका पञ्चहरूसंग कुरा नमिले पछि राजिनामा गरेर  जागिरबाट  हात धोएका बमका तिन छोरा ५ छोरीरहेका छन ।  

       २४ साल देखि ब्यपार  गर्दै आउनु भएका बम स्थानियले मास्टरसाव भनेर अहिले पनि सम्बोधन गर्ने गर्छन । उहाँको चौरासी पूजामा आज राना गाउँ, रास्कोटमा सम्पन्न भएको छ । छोराहरू हिक्मत बम , मानव बम , भोपेन्द्र बम सहित पाच छोरी रहेका छन्। चर्चित निर्माण ब्यवसायी  मानव बम कर्णाली  प्रदेश निर्माण ब्यवशायीसंघका महासचिव र एमाले कर्णाली प्रदेश कमिटीका सदस्य  हुन

     पृथ्वी  बमको चौरासीपूजामा सहभागी हुन सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल , प्रहरी प्रमुख डिएसपी हिम खत्री ,सशस्त्र  प्रहरी एपिएफका डिएस्पी दिपक चन्द राष्ट्रिय अनुसन्धान अधिकृत ठाकुर  केसी सहितको  टोलि रास्कोट पुगेको थियो । चौरासी  पूजामा कालिकोटकै १ दर्जन देउडा गाएक र बाजुराबाट देउडा गायीका  बिपना भण्डरीको   देउडा दोहोरी समेत प्रदशन गरिएको थियो । चौरासी  पुजामा सहभागी  हुन जिल्लाभरबाट जनप्रतिनिधि  र रास्कोट  बासि हजारौं  आफन्तजनहरूले दर्शन   भेट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !