रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

प्रादेशिक रणनितिक अस्पताल रास्कोटमा निशुल्क आँखा शिबिर

        कालिकोट / प्रदेशिक रणनितिक अस्पताल रास्कोटमा बिहिवार देखि शुरू भएको निशुल्क आँखा शिविरमा रास्कोट नगरपालिका   आसपासका क्षेत्रका सेवाग्राहिको भिड देखिएको छ । हिमालयन आखाँ अस्पताल घारिपाटन पोखरा र  रास्कोट नगरपालिका र नेपाल नेत्रज्योति संघ कालिकोट शाखाको संयुक्त आयोजनामा प्रादेशिक रणनीतिक अस्पताल रास्कोटमा सुरु भएकोनिःशुल्क आँखा शिविरमा पहिलो दिन सय ३५ जनाले सेवा लिएको अस्पताल ब्यवस्थापक कौसल न्यौपानेले बताए । तीमध्ये १५ जनाको सफल शल्यक्रिया गरिएको अस्पताल  ब्यवस्थापक न्यौपानेले बताएका छन ।

शिविर २०८२ कात्तिक ० गते देखी २२ गतेसम्म सञ्चालन हुने भएकछ। शिविरमा निशुल्क   आँखा चेकजाँच, औषधिवितरण, परामर्शदेखि  आखाँ सर्जरीसम्मका सेवा निःशुल्क उपलब्ध गराईने समेत बताएको छ। सेवाग्राहीको चाप बढेमा एकदुई दिन थप सेवा सञ्चालन गर्ने तयारी समेत गरिएको बताएको  

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिबिर उद्घाटन कार्यक्रममा अस्पताल ब्यवस्थापन सिमितिका अध्यक्ष टक्क फर्सालको सभाध्यक्षतामा तथा रास्कोट नगरपालिकानगर प्रमुख धर्मराज शाही (पोषण)को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो

कार्यक्रममा नगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, नेपाल नेत्रज्योति संघ तथा हिमालय आँखाअस्पताल घारिपाटन पोखराका डा. हरि विक्रम अधिकारी डा. डब्बल अधिकारी, रास्कोट अस्पतालका डा. कमलराज बराल, स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपाने, वडा नं.– का अध्यक्ष मन तिरुवा लगायत विभिन्न शाखाका प्रमुख, राजनीतिकदलका प्रतिनिधि तथा स्थानीय सेवाग्राहीहरूको सहभागितामा बृहत शमारोहमा शिविर उद्घाटन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !