बाटो हेरीबस्याका छौं। १७ दल एक भयाका एकता भेलामा गएर आउछु भनि गयाका हाम्मै नेता पनि जिल्ला फर्क्यानन् ।कता लटपटियाका छौ पत्तै भयोन । कहिले प्रचण्ड आउने चुनाव लड्न पनि भन्ना छौ कहिले हस्ताक्षर उठाई सामाजिकसन्जालमा तड्डा छौं कहिले हामी उमेद्वार छान्ना छौ भनिकन सामाजिक सन्जालमा हाल्दा छौ कहिले मेरो भ्यालु हुदै भयोनभन्ना छौ तर तलका भन्ना छन तुमी आफूकन आफै मपाइ नभन , काठमाण्डौका महंगा रेस्टुरेन्ट र डिआइसिसिमा बसेरकालिकोटका बहुआयामिक नेता कार्यकर्ता , सहिद परिवार र प्रदेश देखी जिल्ला, पालिका र इकाइ सम्मका नेताकार्यकर्ताका कुरा नसुनिकन तुमिले मपाइ गरी उमेदार भयौ भने भयाको उमेदारी कार्यकर्ता मान्यानाइ भन्दा छन् । पछिहलुका पडौला तै भयोर केन्द्रिय सदस्य भयाका तुमी जिल्ल पडौला घरिजाउ हेर ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य आइडिया लाई लाई आपि भयौ ,भयौ तर, भोट माग्न्या काममा पनि आफू आफूकनचुन्दा छौ अरे । तुमिले चुनि हुन्या भया संसद हुदाहौ भोट चाहिने छन के अर्दा ।
पार्टी संगठन पहिला पहिला उल्टो पिरामिडको उल्टो छाता जस्तो पार्टी संगठनहुदो भन्ना र सिकाउदा छिया , माथि तिखोतल फिजिएको हुनु पड्नेमा तल तिखो माथि फिजियाको संगठन उल्टो छाता भयाको छ । याँ त तल्लो कमिटीको एकचौथाइले हुन आउने चुनेको नेता हुन पड्न्यमा माथि बेलुन फुकेजसो तल सुकेको हुने भयो । प्रचण्डले जनतामा फर्केकोपार्टीसंगठन बनाउन कति चोटी बिगठन कति चोटी आयोजक , कति पटक एकता , पटक पटक बिघठन भइगयो अज त्योभाडो सकेको नाइ ।
म यही पार्टीमा आस्था राख्ने एक कार्यकर्ता सिपाही हुनुको नाताले तुम्मो ब्यवहार हेरी मलाइ चिन्ता लाग्यो ,। नापा ,नापा दुइचार अक्षर कोर्ने पत्रकार भएकाले तुम्मो चर्तिकला हेरी बसिरहन पनिदमनले मानेन , भनौ भने कसैन कसो छ ।
पहिला पहिला यही पार्टीमा नापा, नापा एक दुईजना सम्म केन्द्रिय सदस्य हुन्ना र जिल्लामा पनि एक दुईजना धेकिदाछिया आज भोलि त १७ दल एकै भयाका छौ भन्दा सुनेका छौं , १७ दल मध्य नौ दश दलका सयौं लाखौ प्रदेश कमिटी,जिल्ला कमिटी , जनमत रहेका पालिका सरकारका प्रमुख उपप्रमुख वडा अध्यक्ष हुन्ना । त क्या तुम्मा सबै हलि हुन र ? तुमीले जे भन्यो मान्या ति जमाना गया अज हाम्मा जिल्लामा त अद्वका कमिटी पायाका नाई अद्वका केन्द्रिय सदस्यल मात्तैजिल्ला कमिटी नाइ भन्ना सुनेको छु । भाग खोज्न्या पनि थाल नाइ अरे , अस्तिका दिन पद नपाइकन सन्तापियाका कन पनिअब निझर्को गरी सन्तुष्टी मिलेको छ । मन गरी पद पाया छौ अरे तुमीले । तुमि नक्कली हो की सक्कली हौ भनिकन पनिकार्यकर्ताले चिनेका नाइ चिन्नलाई कार्यकर्ता अातुर छन् तुमि छिटो जिल्ला आउनु पड्यो । केन्द्रमा त तुमी ठुलै भयौ , भागपनि जेठोकै पायाकाछौ तर जिल्लामा एकैजनु नाइ का पस्याका छौ । जिल्लामै पनि नौ दल छौ अरे तुमीले आफ्नै जिल्लामामाथि जेठो भयाका छौ तुमी जेठाका जिल्लामा आया पछि उदीबुदी हरौला ।
फागुन २१ को प्रतिनिधिसभा चुनावको मनोन्वयन दर्ता गर्ने मिति माघ ६ गते नजिकै आइगयो तुमी अज जिल्ला घरियाकानाइ , जति जति ठुलो हुदै गयो कुचैन पस्यो भन्ना छिया त्यसै भयाकोछ यही पार्टीमा । तुमी सफत खाने नाटक अरिकनकाठमाण्डौ बसेका छौ अरे दिन दिनै प्रचण्डथि गैकन मै हौ चुनाव जित्न्या भन्ना छौअरे ।
अस्तिका २१ जना उम्मेद्वार छान्ने सिपालु पल्टेका तुमीले प्रचण्डकन कालिकोट बाट िसफारिस अर्यौ र दुरूपयोग अर्यौकेहि निखारो पाडेउन । प्रचण्डसंग फलानो भिडन्त , प्रचण्डसंग फलानोको टक्कर भनिकन वाल रङ्ग्याउने बनायौ तर एक हप्तात नाख ठुलै अर्यौ होला तर तुमी एक जनाका मनौउणो त आउनु पड्ने प्रचण्ड जानेहुनकी नाइ ? सोधिअलौ , चेत आफ्नाराखिकन आफूले गरेको निर्णय प्रचण्डलाई बुझाउने की हस्ताक्षर सामाजिक सन्जालपुणो राख्ने ? तुमी एका का त चेतआउनु पड्ने हस्त लिखित निर्णय सामाजिक सन्जालमा नहाल बेइजेत होला भनिकन पनि नबुझ्या तुमी केन्द्रिय सदस्यभयाकाको मति बुद्वी कति छ भनिकन प्रचण्डलेमात्तै बुझेनन् त्यो त सारा लोगले बुझ्या । लोग हसाउने तुम्मो निर्णय एक हप्ताटिकेन , प्रचण्डले म जाने पुर्बि रूकुम हो भने पछि तुमी र तुम्मो प्रचण्डथि पियारो पड्न्या चाला जिल्लियो के अद्दा बिचरौ ।
गत पुस १४ गते फुल पार्डी १९ गते चल्ला जन्मायाका बिकासि माउ जसा तुमी छिट्टै जिल्लामा आइजाउ । तुम्मा प्रदेश कमिटीमाको छन् ? जिल्ला कमिटीमाको छन् ? पालिका कमिटीमा को को छन हिसाव किताव गर्नु पर्यो नभया तुमी उम्मेद्वार भई केगर्न्या छौ एकता र भागबण्डाले झालियाका हामीले नचिन्दै हरिन्या हौकी भनि चिन्ता लाग्दो छ ।
पहिला पहिला त कोही न कोही तुम्मो पार्टीको प्रतिनिधि जिल्लापुणो डायरी बोकिकन काजान लाग्यौ कम्रेड भने पछिबैठक जान लागे भन्ना छिया आजभोलि त तुम्मो पार्टीको झिगो पनि जिल्लापुर्णो भेटिदैन का गयाका छौ ।
२४९९ केन्द्रिय सदस्य भयाका छौ भन्ना छन् । कालिकोटकै पनि दुई दर्जन बढी केन्द्रिय सदस्य भयाका छौ अरे तुमी केन्द्रियसदस्यकन जनताले कहिले चिन्ने हुन , जिल्लामा कहिले आउने हौ , तुमिले सफत त खायौ म जेठो र कान्ठो मै सिनियर भन्नलागेका छौ अरे नेपाली कम्युनिष्ट पार्टीबने पछि तुमिकन यो रैवार पठायाको छु चाडै जिल्लामा आएर बस ।










