रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

मोटरसाइकल दुर्घटनामा कांग्रेस नेता जनम न्यौपानेको दुःखद निधन

नेपाली कांग्रेस कालिकोटका नेता जनम प्रसाद न्यौपानेको

मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ।

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटी सदस्य तथा सामाजिक पहिचान बनाएका पचालझरना गाउँपालिका लाफा निवासी जन्म प्रसाद न्यौपानेको  आज बिहान मोटरसाइकल दुर्घटनामा परी  निधन भएको हो।

सदरमुकाम मान्मबाट पचालझरना घर जाने क्रममा कर्णाली राजमार्ग अन्तर्गत जितेस्थित छहडा नजिक मोटरसाईकल  दुर्घटना भएको कांग्रेस नेता सबिन बिष्टले जानकारी दिएका छन्।

उनका अनुसार न्यौपाने सवार मोटरसाइकल सडकमै ढलेको अवस्थामा फेला परेको थियो भने न्यौपाने करिब १०० मिटर तल भिरमा खसेको अवस्थामा मृत भेटिएका थिए। घटनापछि उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको छ।

उनको असामयिक निधनले लाफा गाउँ शोकमा डुबेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !