कालिकोटको सान्नित्रिवेणी गाउँपालिका–७ पोदमरास्थित साना जलविद्युत् आयोजनाको पावरहाउसमा जडान गरिएको (ट्रवाईन) मेसिनसँग जडित ( पेनस्टक )पाइपमा फसेका रास्कोट नगरपालिका एक पाटेखेतका १६ बर्षिया युवराज शाहीको नेपालि सेना ,प्रहरी र शसस्त्र प्रहरी ,नगर प्रहरी रास्कोटको टोलिले जिबितै उद्वार गरेको नगर प्रहरी प्रमुख धन बहादुर शाहीले जानकारि दिनु भएको छ।
केही वर्षअघि कालिकोटमा राष्ट्रिय प्रसारण लाइन नहुँदा जिल्लामा विद्युत् आपूर्ति गर्दै आएको पोदमरा साना जलविद्युत् आयोजनाको क्यानल नजिक २८ गते दिउसो उदासमुद्वामा देखिएका रास्कोट नगरपालिका १ पाटेखेत निवासि कमल शाहीका १६ बर्षिय छोरा युवराज शाहीको तिनदिन पछी स्थानीयको सहायतामा सुरक्षा टोलिले फसेको ठाउँमा पाईप काटेर जिबितै उद्वार गरि उपचारका लागी रास्कोट नगरअस्पताल पुर्याईएको छ ।
स्थानीयका अनुसार क्यानलको पाइपमा मानिस फसेको हुन सक्ने आशंकामा प्रहरीलाइ जानकारी गराएका थिए। फागुन २७ गते दिउँसो आयोजनाको क्यानल नजिक उदासमुद्वामा देखिएका रास्कोट नगरपालिका–१ का कमल शाहीका अन्दाजी १६ वर्षीय छोरा युवराज शाही सोही दिनदेखि परिवारको सम्पर्क बिहिन भएका थिए । 
परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा उनी टरबाइनमा जडित पेनस्टक पाइपमा फसेको हुन सक्ने आशंका गरिएको थियो ।
रास्कोट नगरपालिकाकी पूर्व उपमेयर मिमसरा बमका अनुसार युवराज हराएको दिन पावरहाउसभित्रबाट मानिस कराएको आवाज सुनेको स्थानीयले बताएका छन्। त्यतिबेला केहीले भुत लागेको भन्दै डराएका पनि थिएउनले भनिन्।
युवराजका बुवा कमल शाहीले भने फागुन २७ गते बेलुका देखि हराएका युवराजको आवाज आज बिहानसम्म पनि सुनिएको आफूले थाहा पाएको बताए।
राकोट नगरपालिका नगर प्रमुख धर्मराज शाही(पोषण) का अनुसार त्याहा बाट स्थानियले हामिलाई खबर आज बिहान मात्र गरेका थिय त्यस पछि घटना स्थलमा नगर प्रहरी प्रमुख सहितको टोलि लाई खटाईएको बताउनु भएको छ। उता जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पठाइएको र फसेका युवाको जिबितै उद्वार गरिसकेको जानकारी दिएका छन्।
टर्बाइनमा पानी पुर्याउने मुख्य पाइप अथवा दबाब पाइप (पेनस्टक)मा खसेका युवाको उद्वार गरी उपचारका लागी रास्कोट नगर अस्पतालमा उपचार भईरहेको छ ।
उद्वारका लागी बिधुत प्राधिकरणका कर्मचारी , प्रहरी ,नेपाली सेना र शसस्त्र प्रहरी नगर प्रहरी रास्कोट घटनास्थल पुगेको थियो।










