रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सुर्खतबाट कालिकोट जादै गरेको बोलेरो जिप दुर्घटना

कालिकोट / सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जिप सोमबार दैलेखको भैरवी गाउँपालिका अन्तर्गत कालगौँडा क्षेत्रमा दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायाका अनुसार दुर्घटना सोमबार दिउँसो १२ बजेपछि भएको हो।

दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने अन्य केही घाइते भएका छन्। घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण, मृतक तथा घाइतेहरूको पहिचानलगायत थप विवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको  बताएको  छ।

प्र.चौ.भैरवी दैलेखका अनुसार मिति २०८३।०२।१८ गते अं. १२:५५ बजेको समयमा जिल्ला दैलेख भैरवी गा.पा. वडा नं.कालिगौडा स्थित भित्री सडक खण्डमा सुर्खेत देखि कालिकोट तर्फ जादै गरेको  सु..०१००१ ४९६४ .को डबल क्यापबलेरो एक्कासी ब्रेक फेल भइ सडकदेखि .३००/४०० मिटर तल खस्न जादा उक्त गाडिमा सवार जना सवार जिव दुर्घटनामा परेको हो । अजै घाईते र मृतकको पुरा बिवरण  प्राप्त भएको छैन । जिवमा जना पुरुष जना महिला भएको भन्ने बुझिए पनि उनिहरूको वतन नखुलेको  प्रहरीले जनाएको छ । उपचारका लागी जना घाइते लाई भैरवी गाउँपालिकाको एम्बुलेन्सद्दाराजिल्ला अस्पताल दैलेख पठाएको जना घाइतेलाई उद्दार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !